११ बैशाख २०८१, मंगलवार
Follow Us

दोस्रो चरणमा पनि एमाले अघि लाग्यो

नेपालब्रिटेन डट कम्
१६ असार २०७४, शुक्रबार १६:१७

काठमाडौं । असार १४ गते सम्पन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पनि प्रमुख प्रतिपक्षी पार्टी नेकपा एमाले अघि लागेको छ । सुदूरपश्चिम र पूर्वी पहाडका ३७ वटा स्थानीय तहको परिणाम सार्वजनिक हुँदा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेश्रो भएको छ । प्युठानको मल्लरानी गाउँपालिका भने राष्ट्रिय जनमोर्चाका अम्मरध्वज रानाले जितेका छन् ।
पहिलो चरणमा २ सय ८३ तहमा निर्वाचन भएको थियो । एमालेले ११७ स्थान अर्थात् ४० प्रतिशत मत हासिल गरेको थियो भने नेपाली कांग्रेसले १ सय ३ स्थान अर्थात् ३६ प्रतिशत र माओवादी केन्द्रले ३६ स्थान अर्थात् १६ प्रतिशत मत प्राप्त गरेका थिए । राप्रपा, जनमोर्चा, संघीय समाजवादी फोरम र नयाँशक्तिले एक एक स्थानमा जितेका थिए भने ४ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
दोश्रो चरणको निर्वाचनमा प्रदेश १, ५ र ७ का ३ सय ३४ स्थानमा निर्वाचन सम्पन्न भएको थियो । बुधबार भएको निर्वाचनको बिहीबारदेखि मतगणना सुरू भएको हो। एमालेले १६ स्थानमा जित दर्ता गराइसकेको छ भने ८५ स्थानमा अग्रता लिएको छ । यसैगरी नेपाली कांग्रेसले १३ स्थानमा जितेको छ भने ८७ स्थानमा अग्रता लिएको छ । माओवादी केन्द्र ७ स्थानमा विजयी भएको छ भने २४ स्थानमा अग्रता लिएको छ ।
प्रदेश नम्बर २ का १ सय २७ स्थानीय तहमा तेस्रो चरणमा असोज २ गते मतदान हुने तोकिएको छ ।

एमालेले जितेका स्थानीय तह
१. अमरगढी नगरपालिका, डडेल्धुरा
२. मस्टा गाउँपालिका, बझाङ
३. थलारा गाउँपालिका, बझाङ
४. बित्थडचिर गाउँपालिका, बझाङ
५. गौमुल गाउँपालिका, बाजुरा
६. पाण्डवगुफा गाउँपालिका, बाजुरा
७. पञ्चेश्वर गाउँपालिका, बैतडी
८. जन्तेढुंगा गाउँपालिका, खोटाङ
९. रामप्रसाद राई गाउँपालिका, भोजपुर
१०. मैवाखोला गाउँपालिका, ताप्लेजुङ
११. लेकम गाउँपालिका, दार्चुला
१२. त्रिवेणी सुस्ता गाउँपालिका, नवलपरासी
१३. दुर्गाथली गाउँपालिका, बझाङ
१४. ताप्ली गाउँपालिका, उदयपुर
१५. खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिका, धनकुटा
१६. अपि हिमाल गाउँपालिका, दार्चुला

कांग्रेसले जितेका स्थानीय तह
१. महाकाली नगरपालिका, दार्चुला
२. बडिमालिका नगरपालिका, बाजुरा
३. छेडेदह गाउँपालिका, बाजुरा
४. काँडा गाउँपालिका, बझाङ
५. चिचिला गाउँपालिका, संखुवासभा
६. सिलिचोङ गाउँपालिका, संखुवासभा
७. गुल्मी दरबार गाउँपालिका, गुल्मी
८. अालिताल गाउँपालिका, डडेल्धुरा
९. भागेश्वर गाउँपालिका, डडेल्धुरा
१०. गन्यापदुरा गाउँपालिका, डडेल्धुरा
११. केअार्इसिंह गाउँपालिका, डोटी
१२. हिमाली गाउँपालिका, बाजुरा
१३. एसेलुखर्क गाउँपालिका, खोटाङ

माओवादीले जितेका स्थानीय तह
१. लिखु पिके गाउँपालिका, सोलुखुम्बु
२. महाकुलुङ गाउँपालिका, सोलुखुम्बु
३. पुथा उत्तरगंगा गाउँपालिका, रूकुम
४. बंगलाचुली गाउँपालिका, दाङ
५. भूमे गाउँपालिका, रूकुम
६. अजयमेरू गाउँपालिका, डडेल्धुरा
७. सिस्ने गाउँपालिका, रूकुम

राष्ट्रिय जनमोर्चा जितेको स्थानीय तह
१. मल्लरानी गाउँपालिका, प्यूठान