१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाली नर्सहरूका लागि सजिलो बन्दै बेलायत

नेपालब्रिटेन डट कम्
१७ असार २०७४, शनिबार ०१:४३

विदेशबाट तालिमप्राप्त नर्सहरूका निम्ति बेलायतको ढोका सुगम हुने भएको छ । बेलायतको नर्सिंग काउंसिलले विदेशी नर्सको रजिस्ट्रेशनका निम्ति अनिवार्य रहेको आइएलटीएसको अङ्कलाई खुकुलो गर्ने बारे छलफल गरिरहेको र यसलाई हालको हरेक ब्याण्डमा 7 बाट घटाएर 6.5 गर्ने तयारी भएको स्रोतहरूले बताएका छन् । सन् 2007 सम्म 6.5 ल्याए पुग्थ्यो ।

ब्रेग्जिटपछि युरोपबाट आउने नर्सको संख्या नाटकीय रूपमा घटेको र अंग्रेजी परीक्षाको कठोर मानदण्डले गर्दा तेस्रो मुलुकका नर्सहरूको संख्या पनि घटेका कारण बेलायतमा नर्सको अभाव सङ्कटकै स्तरमा पुगेपछि काउंसिलले आइएलटिएसको अङ्क घटाउनेबारे सोचिरहेको बताइएको छ ।
यसबाट धेरै नेपाली नर्सहरू लाभान्वित हुनसक्ने अवस्था छ ।

नर्सको बढ्दो अभावका कारण यस अघि नै नर्सिंगलाई ‘सर्टेज अकुपेसन’ भित्र राखिएको छ । जसका कारण नर्सले सजिलै वर्क परमिट पाउने र पाँच वर्ष काम गरेपछि स्थायी बसोबासका लागि आवेदन गर्न पाउने अवस्था रहेको छ । अन्य पेशामा झैँ उनीहरूले आम्दानीको ‘थ्रेसहोल्ड’ पूरा गर्नुपर्दैन ।