१५ चैत्र २०८०, बिहीबार
Follow Us

९० स्थानीय तहको नतिजा सार्वजनिक

नेपालब्रिटेन डट कम्
१७ असार २०७४, शनिबार ०६:२६

काठमाडौं । स्थानीय तह दोस्रो चरणको निर्वाचनको मत परिणम आउने क्रम जारी छ । अहिलेसम्म ९० स्थानको मत परिणाम सार्वजनिक हुँदासम्म नेकपा एमालेले ४० स्थानीय तहमा विजय हासिल गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले ३२ स्थानीय तहमा विजय हासिल गर्दा नेकपा माओवादी केन्द्र १६ स्थानीय तहमा विजयी भएको छ । यसैगरी राष्ट्रिय जनमोर्चा एक र संघीय समाजवादी फोरमले एउटा एउटा स्थानीय तहमा जित हात पारेको छ ।