११ बैशाख २०८१, मंगलवार
Follow Us

मुग्लिन–नारायणगढ अवरुद्घ सडक दुई दिनपछि खुल्यो

नेपालब्रिटेन डट कम्
१७ असार २०७४, शनिबार १५:१०

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको कालीखोला नजिकै गएको पहिरो पन्छाएपछि सडक आज साँझ ६ः३० बजेदेखि सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार शुक्रबार बिहान ८ बजे खसेको पहिरो पन्छाउँदै गर्दा दिउँसो १ बजे पुनः अर्को पहिरो खसेको थियो ।
दिउँसो १ बजे खसेको ठूलो पहिरोका कारण अवरुद्ध सडक ३४ घन्टा ३० मिनेटपछि आज साँझदेखि सञ्चालनमा आएको हो । सडकमा खसेको पहिरो पन्छाउनका लागि मुग्लिनतर्फबाट दुईवटा र नारायणगढतर्फबाट दुईवटा डोजर र एक्साभेटर प्रयोग गरिएको थियो । पहिरो खसेपछि अवरुद्ध बनेको सडक पहिरो पन्छाएसँगै सञ्चालनमा आएको हो ।
सो पहिरो हेर्नेक्रममा शुक्रबार एकजनाको मृत्यु भएको थियो भने आज एकजना त्रिशूली नदीमा खसी बेपत्ता भएका थिए । पहिरोका कारण रोकिएका सवारी साधन पनि पहिरो पन्छाएपछि आ–आफ्नो गन्तव्यतर्फ लागेको थापाले बताउनुभयो ।