१२ बैशाख २०८१, बुधबार
Follow Us

संगठित बन्दै गर्दै गल्कोट समाज युके

नेपालब्रिटेन डट कम्
१६ श्रावण २०७३, आईतवार ०७:२१

लन्डन । नेपाल भित्रको सानो नेपाल भनेर चिनिने बाग्लुंग जिल्लाको मध्य भागमा अवस्थित सोह्र गाबिसहरुको क्षेत्र गल्कोट(ऐतिहासिक गल्कोट राज्य) देखि संयुक्त अधिराज्यवेलायतमाआई विभिन्न पेशामा संलग्न रहेकागल्कोटेहरु आफ्नो जन्म भूमिको बिकास र समृद्दीको लागि तथा वेलायतमा एक-आपसमाएकता र भ्रातृत्वको बिकास गर्ने मुख्य उद्देश्यलेप्रेरित भइ गत जुलाई २६ तारिकका दिन बिशाल कार्यक्रमको आयोजना गरि प्रथम साधारण सभा सम्पन्न गर्दैगल्कोट समाज युकेमार्फत बैधानिकरुपमा संगठित भएका छन।
वेलायतको वेस्ट ब्रोमिच स्थित द कन्फेरेन्स सुइट मासम्पन्नउक्त कार्यक्रमको पहिलो चरणमा विभिन्न संघसस्थाबाट पाल्नुभएका पर्यवेक्षकहरुको उपस्थितिमा गल्कोट समाज युकेको साधारणसभा सम्पन्न गरि कार्यसमितिको चयन गरिएको थियो भने दोश्रो चरणमा शुभकामना आदानप्रदान तथासास्कृतिक कार्यक्रम सम्पन्न गरिएको थियो।
साधारणसभाले तदर्थ समितिका अध्यक्ष रेसमबहादुर बुढाथोकी कैनेतृत्वमा ३१ सदस्यीय कार्यकारी समितिको निर्बिरोध चयन गरेको घोषणा निर्वाचनमण्डलका संयोजक तथाहेल्प बिहुँकोट नेटवर्कका अध्यक्षश्री दयानिधी सापकोटाले गर्नुभयो। कार्यसमितीको उपाध्यक्षहरुमा इस्ट मिडल्याण्डबाट राजु कँडेल र बिष्णु चालिसे, वेस्ट मिडल्याण्डबाट गंगा गौतम र सुरेश भण्डारी, लण्डनबाट प्रेम गैरे, ग्लास्गो बाट शशी चालिसे, सचिवमा पुष्पदत्त उप्रेती, सह-सचिवमा कृष्णप्रसाद खरेल, कोषाध्यक्षमा धन बुढाथोकी, सह-कोषाध्यक्ष भरत खत्री र सदस्यहरुमा एडिनबर्ग बाटगोविन्दराम कँडेल र धनबहादुरकेसी, ग्लास्गोबाट खिमलाल गैरे र डिलाराम गैरे, वेस्ट मिडल्याण्डबाट दिपा साहनी, लक्ष्मी गैरे खरेल, तुलक रेग्मी, चन्द्र साहनी रतेज खत्री, पिटरबरो बाट दल बुढाथोकी, लण्डन बाट भोजराज कँडेल, अल्डरसट बाट भिम पुन, विन्चेस्टर बाट हरि घर्ती, डार्बि बाटयाम मल्ल, नोटिङघमबाट डिलाराम गौतम, लिभरपुलबाट भोजन शेरचन, वेल्सबाट भिम श्रीसचयन हुनुभएको छ भने बाँकी तिन सदस्यहरु पछी पदपूर्ति गरिने छ।
सास्कृतिक कार्यक्रम औपचारिक र अनौपचारिक गरि दुई भागमा गरिएको थियो । नेपालि राजदुताबास लण्डनका कार्यवाहक राजदुत शरदराज आरन प्रमुख अतिथी रहेकोऔपचारिक कार्यक्रम गल्कोट समाज युके का अध्यक्ष रेसम बहादुर बुढाथोकीको अध्यक्षतामा सचिव पुष्प उप्रेतीद्वारा सञ्चालन गरिएको थियो। कार्यक्रमको उद्घाटनमा नेपालि रास्ट्रीय धुन गुन्जाय पश्चात प्रमुख अतिथि र अध्यक्षले संयुक्त रुपमा पानसमा दियो प्रज्वलन गरि गर्नुभएको थियो। उपस्थित अतिथिहरुलाई गल्कोट समाज युकेका उपाध्यक्ष बिष्णु चालिसेले स्वागत मन्तब्य, स्थानीय कलाकार श्रेया खरेल लेनेपालकी छोरी हुँ म बोलको गीततथागल्कोट समाज युकेको तर्फबाट दियो क्लब युकेको नौमती बाजा टोलीले नहरा बजाई स्वागत गरिएको थियो। कार्यक्रममा पर्यटकीय सम्भावना बोकेका गल्कोटका विभिन्न ठाउँको तस्विरहरु, सास्कृतिक तथा प्राकृतिक श्रोतहरु आदि बारेमा काँचका पर्दामा देखाइएको थियो। आफ्नो मन्तब्य राख्ने क्रममा प्रमुख अतिथि कार्यवाहक राजदुत शरदराज आरनले गल्कोट समाज युके लाइ शुभकामना दिदै काँचको पर्दामा देखाइएका दृश्यहरु बाटै पनि गल्कोटमा प्रशस्त प्राकृतिक श्रोतहरु रहेको र पर्यटकीय सम्भावना बोकेको ऐतिहासिक ठाउँ भएको कुरा आफुले बुझेको र राजदुताबासको तर्फबाट गल्कोटको बिकास र समृद्दीको लागिगल्कोट समाज युकेलाई आवश्यक सहयोग गर्ने जानकारी गराउनुभयो। त्यसैगरि बिशेष अतिथी गल्कोट समाज जापान का अध्यक्ष हर्क बहादुर थापातथा अतिथिहरु हाम्रोनेपालि समाज वेस्ट मिडल्याण्ड का अध्यक्ष कृष्ण शर्मा, शान्ती नेपालि समाज का अध्यक्ष काशी शर्मा, हेल्प बिहुँकोट नेटवर्क का अध्यक्ष दयानिधि सापकोटा, बाग्लुंग समाज का अध्यक्ष दीपक काउचा, साझा नेपालि समाजका अध्यक्ष रण बहादुर केसी, नेपाल ब्रिटेन डट कम का प्रबन्धक साथै भण्डारी ब्रदर्सका कमल भण्डारी, समाजसेवीशंकर भण्डारी, चार्ल्टन नेपाली समाज का टंक कँडेल लेआनो मन्तब्य राख्दै गल्कोट समाज युके कोनयाँ समितिलाइ सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो। त्यसैगरी नेपाल टुरिजम बोर्डका मानार्थ सदस्य सोमनाथ सापकोटा (डेनमार्क), म्याग्दी समाज युके, गुल्मी समाज युके, ग्लास्गो नेपलिज एसोसिएसन, गोर्खा नेपलिज कम्युनिटी पिटरबरो र टुकी नेप्लिज युथ क्लब-लेस्टर बाट कार्यक्रमको सफलताको कामना गर्दै निर्वाचित हुनेकार्यसमितिलाई अग्रिम शुभकामना सन्देश पठाउनुभएकोथियो। कार्यक्रममास्थानीय कलाकारहरु जस्मिन रोका, दिप्ती सापकोटा, जानकी गैरे, समिर सापकोटा, निशान भण्डारी र तसलिना बस्नेत ले आफ्नो प्रस्तुति देखाउनुभएको थियो।
प्रमुख अतिथिकार्यवाहक राजदुत शरदराज आरनले पानको पात भाकामा गीत गाइनौमती बाजामा नाच्नु भएको थियो । प्रमुख अतिथिको बिदाई गर्दैगल्कोट समाज युकेको तर्फबाट अध्यक्षले प्रमुख अतिथिलाइ चिनो स्वरूप गल्कोट दरवारको तस्विर प्रदानगर्नुभयो भने नौमती बाजाटोलिले नहरा बजाएको थियो।गल्कोट समाज युके का अध्यक्षले समाजको कार्यक्रमलाई प्रायोजन गर्नुहुने प्रायोजकहरु तथा कलाकारहरुलाई प्रमाण-पत्र हस्तान्तरण गरि कार्यक्रमलाइ सफल पार्न सहयोग गर्नुहुने तदर्थ समितिका सदस्यहरु, स्वयसेवकहरु, प्रायोजकहरु, कलाकारहरु तथा प्रतक्ष-परोक्ष लागि पर्ने सम्पूर्ण सहयोगीहरुलाइ धन्यवाद ज्ञापन गरिऔपचारिक कार्यक्रमको समापन गर्नु भयो।
गल्कोट समाज युके का उपाध्यक्ष गंगा गौतमद्वारा सञ्चालित अनौपचारिक कार्यक्रममा ख्यातीप्राप्त कलाकारहरु थानेश्वर गौतम, जुना श्रीस मगर र राधिका हमालको साथमा दियो क्लव युकेको नौमति बाजा र चाँद म्युजिकको डिजेको धमाकेदार प्रस्तुति रह्यो। साँझ ९:३० सम्मको लागि तय गरिएको उक्त कार्यक्रम उपस्थीत दर्शकहरुकोअनुरोधलाई सम्मान गर्दै राति ११ बजे सम्म लम्बाइएको थियो। उक्त कार्यक्रम प्रतक्ष (हलमा) र परोक्ष (फेसबुक) गरि १२०० बढीले अवलोकन गर्नुभएको थियो।
– पुष्पदत्त उप्रेती