१२ बैशाख २०८१, बुधबार
Follow Us

बक्स अफिस अवार्ड, केकी बनिन् उत्कृष्ट नायिका

नेपालब्रिटेन डट कम्
१८ असार २०७४, आईतवार १०:५८

लण्डन । बक्स अफिस फिल्म फेयर अवार्ड २०१७ को उत्कृष्ट पाँचको मनोनयनमध्यबाट बिरबिक्रम फिल्मीले अवार्ड हात पारेको । २८ विधाको मनोनयनमा उत्कृष्ट फिल्म विधामा छक्का पञ्जा गाजलुु वीर विक्रम, लभ सासु र लुट २ बीच प्रतिस्पर्धा भएको थियो ।
शनिवार अल्डरशटस्थित एम्पायर हलमा सम्पन्न बिषेश समारोहमा बेष्ट नायिकाको उपाधि लभ सासुबाट केकी अधिकारीले हात पारिन् ।
मनोनयनको उत्कृष्ट नायिकामा फिल्म किस्मत २ बाट शिल्पा पोखरेल, होमवर्कुबाट नम्रता श्रेष्ठ, छक्का पञ्जाबाट प्रियंका कार्की, लभ साशाबाट केकी अधिकारी र लप्पन छप्पनुबाट वर्षा शिवाकोटीको प्रतिस्पर्धा थियो ।

त्यस्तै उत्कृष्ट नायकमा आर्यन सिग्देल भए । नायकका लागि लुट २ बाट सौगात मल्ल, वीर विक्रमुबाट दयाहाङ राई गाजलुुबाट अनमोल केसी,
होमवर्कबाट आर्यन सिग्देल र लभ सासाुबाट कर्मा छन्। उत्कृष्ट निर्देशकुमा गाजलुुबाट हेमराज बिसी, लभ साशाबाट प्रचण्डमान श्रेष्ठ, वीर विक्रमबाट मिलन चाम्स, पुरानो डुंगाबाट रामबाबु गुरुङ र लुट २ बाट प्रतिस्पर्धामा थिए ।

वेलायतका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदीको बिषेश उपस्थितीमा भएको भएको कार्यक्रमको बक्स अफिस इन्टरनेशनल ग्रुपले लण्डनको थर्ड आइसँग सहकार्य गर्दै अवार्ड आयोजना गरेकाे हो। बेलायतका स्थानीय कलाकार र नेपालबाट आएका चर्चित कलाकार आर्यन सिग्देल, करिश्मा मानन्धर, केकी अधिकारी, बर्षा सिवाकोटी, सलोन बस्नेत, अनुपविक्रम शाही, दिया पुन, नम्रता योगी, कुशल थापा लगायत दुई दर्जन चर्चित कलाकारले अवार्डको रौनक बढाएका थिए । कार्यक्रममा बलिउडबाट आएकी लोकप्रिय गायिका सञ्जिवनी र आनन्द कार्कीको सुमुधुर संगीतले अवार्ड हल गुञ्जयमान भएको थियो । सितु खरेल, शर्मिला बर्देवा, शिखर सन्तोषले पनि गाए । आनन्द र सन्जिवनीको ड्वेट गीत रोमाञ्चक थियो । कोशेली समूहले नृत्य प्रस्तुत गरेको थियो ।

प्रेस विज्ञप्ती

बेलायतको थर्ड आइ टिम र बक्स अफिस इन्टरनेशनल गु्रपको संयुक्त आयोजनामा हुने ‘दशौं बक्स अफिस फिल्म फेयर अवार्ड २०१७ लण्डन’ मिति २०७३ साल आषाढ १७ ९१ जुलाई, २०१७० गतेका दिन बेलायतको अल्डरसट स्थित एम्पायर हलमा भव्य रुपमा सम्पन्न भएको छ । पहिलो पटक बेलायतको थर्ड आइ टिम र बक्स अफिस इन्टरनेशनल गु्रप संयुक्त प्रयासमा नेपाली चलचित्र क्षेत्रमा अविरल रुपमा सक्रिय भएका निर्माता, वितरक, हल व्यवसायी, संगीतकर्मी, नायक, नायीका, प्राविधिक र अन्य फिल्मकर्मीहरुको सहभागितमा अवार्ड आज सा“झ भव्य रुपमा भएको छ । अवार्ड समारोहमा विगत लामो समयदेखि वेलायतमा बस्ने बुद्धिजिवी, व्यापारी, समाजसेवी र नेपाली चलचित्र र कलासंस्कृतिलाई माया गर्ने दर्शकहरुको अवार्ड समारोहमा हर्षउल्लासको साथ सहभागिता जनाएका थिए । बेलायतमा बस्ने कलाकारहरु र नेपालबाट बेलायत आएका चर्चित कलाकार आर्यन सिग्देल, करिश्मा मानन्धर, केकी अधिकारी, बर्षा सिवाकोटी, सलोन बस्नेत, अनुपविक्रम शाही, दिया पुन, नम्रता योगी, कुशल थापा लागयत दुई दर्जन चर्चित कलाकारहरुले अवार्डको रौनक बढाएका थिए । अवार्डलाई भव्य बनाउन बलिउडबाट लोकप्रिय गायिका सञ्जिवनी, नेपालबाट आन्नद कार्कीको सुमुधुर संगीतले अवार्ड हल गुञ्जयमान भएको थियो । नेपालबाट दर्जनौं वरिष्ठ चलचित्रकर्मीहरु र बेलायतमै बस्ने विभिन्न अग्रज र सम्मानित व्यक्तिहरुले अवार्डका बिजेताहरुलाई ट्रफि प्रदान गरेका थिए । बेलायतमा पहिलो पटक आयोजना गरेको अवार्ड पाउने भाग्मानी विजेताहरु यस प्रकार छन ः

विजेताहरुः
१) सर्वश्रेष्ठ श्रृगांर- सरोज पान्डे- पुरानो डुंगा
२) सर्वश्रेष्ठ कला निर्देशक- आशिष दाहाल र कसम नेपाल- जंगे
३) सर्वश्रेष्ठ भेषभुषा- उतम बनेपाली- के म तिम्रो होइन र ?
४) सर्वश्रेष्ठ ध्वनी मिश्रण- सुनयमान श्रेष्ठ- छक्का पन्जा
५) सर्वश्रेष्ठ पाश्र्व संगीत- शैलेस श्रेष्ठ- गाजलु
६) सर्वश्रेष्ठ कलर करेक्सन- राजेन्द्र मोक्तान- गाजलु
७) सर्वश्रेष्ठ भिएफएक्स -अनन्त घिमिरे- द विइनर
८) सर्वश्रेष्ठ खलनायक- अर्पण थापा- वीर बिक्रम
९) सर्वश्रेष्ठ हास्य कलाकार- केदार घिमिरे- छक्का पन्जा
१०) सर्वश्रेष्ठ बाल कलाकार- साइब्रत आचार्य- छांया
११) सर्वश्रेष्ठ नृत्य निर्देशक- बिक्रम स्वार- लुट २
१२) सर्वश्रेष्ठ पटकथा- दिपक राज गिरी- छक्का पन्जा
१३) सर्वश्रेष्ठ संवाद- दिपक राज गिरी- छक्का पन्जा
१४) सर्वश्रेष्ठ कथा- लक्षमण सुवेदी- लालजोडी
१५) सर्वश्रेष्ठ सम्पादक- बिपिन मल्ल- छ्क्का पन्जा
१६) सर्वश्रेष्ठ छायांकार- रामकुमार केसी- बीर बिक्रम
१७) सर्वश्रेष्ठ द्वन्द्व निर्देशक- एन. बि महर्जन- जय परशुराम
१८) सर्वश्रेष्ठ चरित्र अभिनेत्री- गौरी मल्ल- गाजलु
१९) सर्वश्रेष्ठ चरित्र अभिनेता- माओत्से गुरुङ
२०) सर्वश्रेष्ठ सह–नायक- सलोन बस्नेत
२१) सर्वश्रेष्ठ सह–नायिका- दिया पुन वीर बिक्रम
२२) सर्वश्रेष्ठ नव नायिका- दिया पुन
२३) सर्वश्रेष्ठ नव नायक-आर्यन अधिकारी- के म तिम्रो होईन र ?
२४) सर्वश्रेष्ठ नायिका- केकी अधिकारी- लभ सासा
२५) सर्वश्रेष्ठ नायक- आर्यन सिग्देल- होमवर्क
२६) सर्वश्रेष्ठ नवनिर्देशक- नरेश केसी- डाइन्ड क्यानल
२७) सर्वश्रेष्ठ निर्देशक- मिलन चाम्स- वीर बिक्रम
२८) सर्वश्रेष्ठ चलचित्र- वीर बिक्रम
बेलायतमै छानिएको संगीत अवार्ड नतिजा
१ उत्कृष्ट गीतकार- शान्तिप्रिय- छक्का पन्जा
२ उत्कृष्ट संगीत- राजन राज शिवाकोटी- छक्का पन्जा
३ उत्कृष्ट गायिका- अन्जु पन्त- छक्का पन्जा
४ गायक- तारा प्रकाश लिम्बू- वीर बिक्रम
त्यस्तै, आयोजक संस्था नेपालको तर्फबाट पपुलर अवार्ड
१) सर्वश्रेष्ठ स्टुडियो- रेड स्टुडियो
२) सर्वश्रेष्ठ पोस्टर डिजाइन- सुन्दर श्रेष्ठ- छक्का पन्जा
३) सर्वश्रेष्ठ निर्माण नियन्त्रक- सुमन राज गिरी- छक्का पन्जा
४) सर्वश्रेष्ठ प्रोमो- साहिल खान- के म तिम्रो होइन र ?
५) सर्वश्रेष्ठ वितरक- गोपाल कायस्थ- छक्का पन्जा (राजधानी), केदार पराजुली बीर बिक्रम (मोफसल )
६) सर्वश्रेष्ठ विशेष चलचित्र- तीन घुम्ती
७) सर्वश्रेष्ठ सफल डिजिटल कारोबार- हाइलाइट् नेपाल
८) सर्वश्रेष्ठ सफल सिनेमा हल- अस्ट्नारायन हल
९) सर्वश्रेष्ठ सक्रिय संघसंस्था- कलाकार संघ
१०) सर्वश्रेष्ठ अवार्ड आयोजना- नेफ्टा अवार्ड
११) सर्वश्रेष्ठ कलाकार- ज्योति काफ्ले- लाल जोडी
१२) सर्वश्रेष्ठ नायिका- आयुस्मा कार्की- लाल जोडी
१३) सर्वश्रेष्ठ नायक- निखिल उप्रेती
१४) सर्वश्रेष्ठ निर्माता- सन्तोष सेन
१५) सर्वश्रेष्ठ निर्देशक- दिपाश्री निरौला
१६) लाइफटाइम अचिभमेन्ट- दिपक क्षेत्री
१८ पत्रकारिता युवा प्रोत्साहन पुरुस्कार- जीवन पराजुली
१९ पत्रकारिता नगद सम्मान- श्याम अर्याल इमेज टिभी
२० विशेष सम्मान- सुन्दर लाल श्रेष्ठ

फोटो: मिलन तमु/नरेन्द्र बस्नेत

1

2

3

4