१४ बैशाख २०८१, शुक्रबार
Follow Us

गेस्टहाउसबाट पक्राउ पर्ने दुई जोडी को हुन् ?

नेपालब्रिटेन डट कम्
१८ असार २०७४, आईतवार ११:४६

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका–३ स्थित वेलकम गेष्ट हाउसमा चेकजाँच गर्ने क्रममा दुई जोडी आपत्तिजनक अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार भक्तपुरका ५० वर्षीय पुरुष र काभ्रेकी ३० वर्षीया महिला तथा भारत विहारका ४२ वर्षीय पुरुष र काभ्रेकी २८ वर्षीया महिला गरी २ जोडीलाई पक्राउ गरिएको हो ।
जिउ मास्ने बेच्ने तथा ओसारपसार नियन्त्रण जिल्ला समिति भक्तपुर र महानगरीय प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले शनिबार उनीहरुलाई गेष्ट हाउसकै कोठाबाट आपत्तिजनक अवस्थामा पक्राउ गरेको जनाइएको छ ।