१३ बैशाख २०८१, बिहीबार
Follow Us

उपप्रधानमन्त्री नयाँ दिल्लीमा

नेपालब्रिटेन डट कम्
१८ असार २०७४, आईतवार ११:५४

काठमाडौं । भारतको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री कृष्णबहादुर महरा नयाँदिल्ली पुग्नुभएको छ । उहाँलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय, नयाँ दिल्लीस्थित नेपाली दूतावास र भारतको बाह्य मामिला मन्त्रालयका उच्च अधिकारीले स्वागत गर्नुभएको थियो ।
आजै साँझ परराष्ट्रमन्त्री महराले नेपालका लागि नयाँ दिल्लीस्थित विभिन्न मुलुकका राजदूत एवम् कूटनीतिक नियोगका पदाधिकारीसँग सामूहिक छलफल गर्ने कार्यक्रम रहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।