४ बैशाख २०८१, मंगलवार
Follow Us

२ सय ५ स्थानीय तहको नतिजा सार्वजनिक, कसले कति जिते ?

नेपालब्रिटेन डट कम्
१८ असार २०७४, आईतवार १३:४०

काठमाडौं । असार १४ गते भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ मध्ये २ सय ५ वटा स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । पछिल्लो नतिजा अनुसार एमाले अग्रस्थानमा छ । एमालेले अहिलेसम्म ९४ वटा स्थानीय तहमा जीत दर्ता गरेको छ । त्यस्तै दोश्रो स्थानमा रहेको कांग्रेसल ८० वटा स्थानीय तहमा जीत हासिल गरेको छ ।
त्यस्तै माओवादी केन्द्रले २७ स्थानीय तहमा जीत दर्ता गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेसम्म एउटा स्थानीय तहमा पनि जित्न सकेको छैन ।
राष्ट्रिय जनमोर्चाले प्रदेश नम्बर ५ का दुई र संघीय समाजवादी फोरमले प्रदेश नम्बर ५ को एउटा र नेपाल लोकतान्त्रिक फोरमले ५ नम्बर प्रदेशको एउटा स्थानीय तहमा जीत हासिल गरेको छ ।