१२ बैशाख २०८१, बुधबार
Follow Us

एमाले वेलायतको अध्यक्षमा राजेन्द्र पुडासैनी निर्विरोध

नेपालब्रिटेन डट कम्
१८ असार २०७४, आईतवार २१:५४

लण्डन । वेलायतस्थित नेकपा एमालेको भातृसंस्था प्रवासी नेपाली मंचको अध्यक्षमा राजेन्द्र पुडासैनी निर्विरोध भएका छन् । आइतवार सम्पन्न मंचको चौथो अधिवेसनको बन्दसत्रले पुडासैनीलाई निर्विरोध चयन गरेको हो । यसअघि अध्यक्ष पदका लागि आंगकलजंग लामाले दावी प्रस्तुत गरेका थिए । यस्तै महासचिवमा विजयबिक्रम लिम्बु सर्वसम्मत भएको वताएको छ ।

यस्तै महिला उपाध्यक्षमा सरस्वती केसी निर्विरोध भइन् । अन्य उपाध्यक्षमा नारद भण्डारी, धन बहादुर क्षेत्री, रामजी बराल, कुमार केसी चयन भए । सचिवमा हेम लिम्बु, डासु पाण्डे निर्विरोध भएका छन् ।

सदस्यहरुमा मिलन घिमिरे, हरी आचार्य, कृष्ण भण्डारी, केदार थपलिया, कृष्ण तिवारी, नरेन्द्र कंडेल, यम भण्डारी, मुकुन्दराज बास्तोला, रेमश न्यौपाने, बसन्त नेपाल, जोनी महारी, शुसिला राई, हरी गोविन्द गुरुगं, महेन्द्र केसी, अर्जुन खतिवडा, बिमला सुव्वा र उमेश मोक्तान चयन भए ।

amals-008