८ बैशाख २०८१, शनिबार
Follow Us

अनुजालाई एनआरएनको ३० लाख सहयोग

नेपालब्रिटेन डट कम्
१६ श्रावण २०७३, आईतवार ०९:३९

कोपनहेगन । पुर्खौली घर हटिया गाबिस बडा नम्बर ४ गल्कोट बागलुङ् भएकी र हाल भरतपुर नगरपालिका बडा नम्बर १४ नारायणपुरमा बि.स. २०५६ साल बैशाख ७ गते जन्म भएकी दृष्टिबिहीन (पुरा देख्न नसक्ने ) अनुजा गौतमले आफ्नो जीवनमा यती ठुलो नसोचेको सफलता पन्ध्र मिनटको समयमा हासील होला भनेर सोचेकी पनि थिइनन् ।
तर उनको जीवनमा हालै कोपनहेगनमा आयोजना भएको नवौं एनआरएनए युरोपियन क्षेत्रीय बैठक तथा सातौं महिला सम्मेलन त्यो उनको अपाङ्गता भएको जीवनमा ठुलो परिवर्तन ल्याईदिने सावीत भएको छ । अपाङ्गता भई दुख पिडामा परेका उनको उद्धेश्य प्राप्तीमा केहि आशा जगाएको छ कोपनहेगन सम्मेलनले ।
उनले पन्ध्र मिनट गरेको प्रस्तुतिले कोपनहेगनको हिल्टन होटलको सम्मेलन एकछिन स्तब्ध मात्र बनेन मानवीय कार्यमा सहयोग गर्नमा एनआरएन का अभियान्ताहरु कति संवेदनशील छन् भन्ने समेत देखाईदिएको छ । अनुजाको प्रस्तुति लगत्तै अनुजाको अभियानमा साथ दिंदै जव एनआरएन संस्थापक अध्यक्ष उपेन्द्र महतोले ५ हजार डलर दिने घोषणा गरे। लगत्तै अनुजाको सपनाले साकार रुप लिन थाल्यो ।

unnamed-4तीनै अनुजाले गरेको पन्ध्र मिनटको प्रस्तुतिले क्षणभरमै तीस लाख रुपैयाँ भन्दा बढी सहयोग रकम उठेको छ । सो रकम उनले नेपालमा अपाङ्गता भएका व्यक्तीहरुलाई सहयोग गर्ने बताएकी छन् । उनले गरे प्रस्तुतिमा अपाङ्गता भएका व्यक्तीहरुले के के गर्न सक्छन त ? भन्दै विश्वभर अपाङ्गता भएका व्यक्तीहरुको गरेको महान कार्यको उदाहरण दिएकि थिइन ।

संस्थापक अध्यक्ष महतोले घोषणा गरे लगत्तै संघका अध्यक्ष शेष घलेले ३ हजार डलर, पुर्व अध्यक्ष जीवा लामिछानेले ३ हजार डलर, राम थापाले २ जहार डलर उपाध्यक्ष कुमार पन्तले १ हजार डलर, युरोप संयोजक कुल आचार्यले १ हजार डलर, दिल गुरुङले १ हजार डलर हुँदै सहयोग गर्नेहरुको लहर नै चलिरहेको छ।यसैबीच डेनमार्कबाट पत्रकारिता गरिरहेका पत्रकार शशी कुमार ढकालले अनुजाको सपनालाई साकार पार्न १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। एन आर एन सचिव अर्जुन कुमार श्रेष्ठले १ हजार डलर सहयोग गर्ने घोषणा गरेका छन। यसैगरी एन आर एन अध्यक्ष दिपेन्द्र चुडालले डेनमार्कमा रहेका सबै संस्थाहरुको पहलमा डेनमार्कबाट अझ सहयोग जुटाइने बताई सकेका छन् । ।
अनुजाले एन आर एन युवा फोरमले चलाएको सेसन ‘युवा र सामाजीक उधमशीलता’ अन्तर्गत सम्मेलनमा प्रश्तुती दिएकी थिइन। त्यो सेसनमा एन आर एन युवा ग्लोबल उप संयोजक लोक राज शर्माले उनको क्षमता देखेर प्रस्त्तुतीको लागि ल्याएका थिए।

पिता सुबोर्ण दत्त गौतम र माता कल्पना शर्मा गौतमकी जेठी छोरी अनुजा गौतम डेनमार्क आएको दुइ वर्ष पनि पुगेको छैन । दृष्टी कमजोर भएकी उनको स्कुले शिक्षा चितवन होलिभिजन माध्यामिक बिद्यालय पछि पोखरा अमरसिह उच्च माबि पोखरामा २ देखि ४ कक्षासम्मको अध्ययन पश्चात काठमाडौ ल्याबरटोरी उच्च माबिमा (४ कक्षा देखि ब्रेलमा सुरु गरेको अग्रेजी माध्यममा) ९ कक्षा पढ्दा पढ्दै डेनमार्क आएकी हुन् ।

हाल उनी डेनमार्कमा स्थानीय डेनिश भाषा सिकेपछि उनले यहींको भाषामा ब्रेल लिपिमा आफ्नो पढाईलाई निरन्तरता दिने बताएकी छन् । आफ्नी छोरीलाई हौसला दिएको देखेर आमा कल्पना शर्मा गौतम सम्मेलन स्थलमै निकै भावुक बनीन् । छोरीले प्रस्तुति यस्तो होला भनेर नसोचेको पनि उनले बताइन्। दुइ छोरी मध्ये जेठी अनुजाले आफनो व्यक्तिगत कार्यहरु आँफै गर्दै आएकी छिन भने उनलाई बाहिर घुमाउन र लैजान उनकी बहिनीले सहयोग गर्दै आएकी छन् ।
डेनमार्कमा हुने विविध कार्यक्रमहरुमा अनुजाले निकै भावुक खालका कविताहरु बाचन गर्ने गर्छीन् । अनुजाको उद्धेश्य नेपालमै अपाङ्गता भएका व्यक्तीहरुलाई सहयोग पुर्याउने र आर्थीक अभाव भएका अपाङ्गहरुलाई उनीहरुको शिक्षामा सहयोग पुर्याउनु रहेको छ । यो अभियानलाइ उनले `अ कलरफुल स्याडो मुभमेन्ट ` नाम दिएकी छन् । यो अभियान एनआरएन डेनमार्क युथ फोरमले चलाएको “होप इनिसिएट” अन्तर्गतको भएको एन आरएन डेनमार्कका युथ कोर्डीनेटर प्रशान्तराज बानियाले बताए । अब कार्यक्रमलाइ प्रभावकारी रुपमा अगाडी बढाइने समेत युवा संयोजक बानियाँ बताउँछन्।
अनुजाले प्राप्त सहयोगबाट दृष्टिबिहीन जयराम लामिछानेलाई उच्च शिक्षाको लागि अमेरिका पठाउने उनको पहिलो योजना रहेको छ। काठमाडौमा गोल्डेनगेट ईन्टरनेशनल कलेजबाट ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट प्लस टु सम्पन्न गरेका लामिछाने हाल आर्थीक अभावले लक्षमा पुग्न सकेका छैनन् । अमेरिकामा पढ्न चाहेको कलेजले उनलाई अनुमती दिइसकेको छ जसअनुसार उनले नौ महिनाको कोर्स गर्नुपर्नेछ । लामिछानेलाई आर्थीक सहयोग गरेर अमेरिका पुर्याउन सके उनी आँफैले आफ्नो भाग्य निर्माण गर्ने अनुजाको कथन छ ।

त्यसैगरी अनुजाले सहयोग गर्न चाहने अर्का अपाङ्ग व्यक्ती हुन् गौतम पोखरेल । काठमाडौ हिमालयन ह्याईटहाउस कलेजबाट बिज्ञान बिषयमा ८२ प्रतिशत ल्याएर प्लस टु उत्रिण पोखरेल पढ्नका लागि उच्च शिक्षाका लागि अमेरिका पढ्न चाहेको तर आर्थिक अभावले जान सकेका छैनन् । उनलाई सहयोग पुर्याउनु अनुजाको लक्ष्य हो । यसैगरी अर्का अपाङ्ग व्यक्ती हुन् सौगात वाग्ले जो ए प्लस ल्याएर हालै एसएलसी पास गरेका छन् तर आर्थीक अभावको कारण कलेज भर्ना हुन सकेका छैनन् । उनलाई उच्च शिक्षा दिलाउन सहयोग गर्नु अनुजाको लक्ष्य हो ।

– प्रकाश ढकाल / बसन्त रानाभाट