१४ बैशाख २०८१, शुक्रबार
Follow Us

२ सय ४० स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक

नेपालब्रिटेन डट कम्
१९ असार २०७४, सोमबार ०५:४२

काठमाडौं । असार १४ गते भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रदेश नम्बर १ , ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ मध्ये २ सय ४० वटा स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ ।
पछिल्लो नतिजा अनुसार एमाले अग्रस्थानमा छ । एमालेले अहिलेसम्म १ सय ४ वटा स्थानीय तहमा जीत दर्ता गरेको छ । त्यस्तै दोश्रो स्थानमा रहेको कांग्रेसल ९२ वटा स्थानीय तहमा जीत हासिल गरेको छ ।
त्यस्तै माओवादी केन्द्रले ३२ स्थानीय तहमा जीत दर्ता गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि खाता खोलेको छ । उसले एउटा गाउँपालिकामा जीत हात पारेको हो ।
राष्ट्रिय जनमोर्चाले दुई, संघीय समाजवादी फोरमले ६ र नेपाल लोकतान्त्रिक फोरमले एक नगरपालिकासहित तीन स्थानीय तहमा जीत हासिल गरेको छ ।