८ बैशाख २०८१, शनिबार
Follow Us

फिफा कनफेडेरेशन कप फुटबलको उपाधि जर्मनीलाई

नेपालब्रिटेन डट कम्
१९ असार २०७४, सोमबार ०५:४३

मस्को । विश्व विजेता जर्मनीले फिफा कनफेडेरेशन कप फुटबलको उपाधि जितेको छ । आइतबार राति रुसको सेन्ट पिटर्सबर्गमा भएको फाइनलमा कोपा अमेरिका विजेता चिलीलाई १–० ले हराउँदै जर्मनीले पहिलो पटक कनफेडेरेशन कपको उपाधि उचालेको हो ।
२० औं मिनेटमा लार्स स्टिन्डलले गरेको गोल नै जर्मनीको जितमा निर्णायक बन्यो । चिलीका मार्सेलोलो दिएजको गल्तीको फाइदा उठाउँदै स्टिन्डलले गोल गरेका हुन् । चिलीका अटुरो भिडाल र एन्जेलो सागलले प्रहार गरेको बल बार भन्दा माथिबाट गयो ।
दुवै खेलाडीले गोल गर्ने सुन्दर मौका खेर फाले । फाइनलअघि तेस्रो स्थानका लागि भएको खेलमा मेक्सिकोलाई २–१ ले हराउँदै पोर्चुगल तेस्रो भयो । पोर्चुगलका लागि पेपे र एड्रियन सिल्भाले गोल गरे । पोर्चुगलका नेटोले आत्मघाती गोल गरेर मेक्सिकोका लागि एक गोल उपहार दिए ।