१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएन अष्ट्रियाको अध्यक्षमा जिवनजङ्ग निर्वाचित

नेपालब्रिटेन डट कम्
१९ असार २०७४, सोमबार १३:५६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए), अष्ट्रियाको अध्यक्षमा जिवनजङ्ग कुवर निर्विाचत भएका छन् । संघको आइतवार सम्पन्न अधिवेसनमा नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा १७४ मत प्राप्त गरि अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी डा. दीपक ढुंगाना झिनो ३ मतको अन्तरले पराजित भए ।

यस्तै कुल मतदाता संख्या ३५४ मध्य सबैभन्दा बढी २३४ मत प्राप्त गरि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद संघ (आइसीसी) सदस्य पदमा शिव सापकोटा विजयी भएका छन।

यस्तै कार्यसमितिको उपाध्यक्षमा बिनोद चौलागाईं र मनोज बिष्ट बिजयी भए भने महिला उपाध्यक्षमा निरु लामिछाने चयन भइन् । साधारणसभाले महासचिवमा निर्मल पौडेल, कोषाध्यक्षमा अनुज पौडेल र युवा संयोजक किरणलाल श्रेष्ठ चयन गरको छ ।

अन्य पदाधिकारीमा महिला संयोजक भवानी तिवारी, सहकोषाध्यक्ष राजन श्रेष्ठ, सचिवमा निता सापकोटा र सम्झना गिरि निर्वाचित भए । सदस्यहरु बुध्दी बहादुर तामाङ, ध्रुव पौडेल, प्रसना निरौला, सबिन तिमल्सिना, डबिन गुरुङ, युवराज सुबेदी, राजकुमार उपाध्याय निर्विरोध निर्वाचित भएका छन् ।