१३ बैशाख २०८१, बिहीबार
Follow Us

२ सय ५८ स्थानीय तहको नतिजा सार्वजनिक

नेपालब्रिटेन डट कम्
१९ असार २०७४, सोमबार १५:०१

काठमाडौं । असार १४ गते भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रदेश नम्बर १ , ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ मध्ये २ सय ५८ स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ ।
पछिल्लो नतिजा अनुसार एमाले अग्रस्थानमा छ । एमालेले अहिलेसम्म २६ नगरपालिकासहित १ सय १३ स्थानीय तहमा जीत दर्ता गरेको छ । त्यस्तै दोश्रो स्थानमा रहेको कांग्रेसल ३२ नगरपालिकासहित ९७ स्थानीय तहमा जीत हासिल गरेको छ ।
त्यस्तै माओवादी केन्द्रले पाँच नगरपालिकासहित ३२ स्थानीय तहमा जीत दर्ता गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई वटा गाउँपालिकामा जीत हात पारेको छ ।
राष्ट्रिय जनमोर्चाले दुई, संघीय समाजवादी फोरमले ६ र नेपाल लोकतान्त्रिक फोरमले एक नगरपालिकासहित चार स्थानीय तहमा जीत हासिल गरेको छ । त्यस्तै एक जना स्वतन्त्रका उमेदवारले पनि जीत हात पारेका छन् ।