१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन यूकेको महासचिवमा खुशी लिम्बुको उम्मेदवारी

नेपालब्रिटेन डट कम्
१९ असार २०७४, सोमबार १५:०७

लन्डन । गैरआवासीय नेपाली संघ यूकेको ९ सेप्टेम्वरमा हुने अधिवेसनमा खुशी लिम्बुले महासचिव पदमा उम्मेदवारी दिने भएका छन् । गैरआवासीय नेपाली संघ यूकेको प्रवक्ता समेत रहेका लिम्बुले आइतवार एक पत्रकार सम्मेलन गर्दे सो पदका लागि आफ्नो दावी प्रस्तुत गरेका हुन् ।

लिम्बुले आफ्नो उम्मेदवारी सहित १२ बुँदे चुनावी घोषणापत्र समेत सार्वजानिक गरेका छन् । घोषणापत्रमा नेपाल हाउस परियोजना सम्पन्न गर्ने, संस्थाको अन्तरिक व्यवस्था चुस्त पार्ने, पूर्णअधिकार सहितको नागरिकताको लागि पहल गर्ने, अनलाइन भोटिङको व्यवस्था गर्ने देखी नेपाली दूतावाससँग सहकार्य गरि लण्डन — काठमाण्डौं हवाई सेवा सञ्चालन गर्ने सम्मका महत्वकांक्षी योजना अघि सारेका छन् ।

संघको आगामी निर्वाचनका लागि पदाधिकारी पदमा औपाचारिक उम्मेदवारी घोषणा गर्ने लिम्बु पहिलो व्यक्ति भएका छन् । संघको अधिवेसनका लागि अहिले गैरआवासीय नेपाली संघ यूकेले अनलाइन सेवा मार्फत साधारण सदस्यता वितरण खुल्ला राखेको छ ।

चुनावी घोषणापत्र पूर्णपाठ

( अग्रजहरुले शुरुवात गरेको र वर्तमान कार्यसमितिले निश्चित उचाईंमा पुर्याएको चालु बेलायतमा नेपाल हाउस परियोजनालाई आगामी दुई बर्षको कार्यकालमा एउटा तार्किक चरणसम्म पुर्याउनेछु ।

– एनआरएनए यूकेलाई बेलायतका नेपालीहरुप्रति बढी जिम्मेवारी बनाउन च्यारिटी र मानब कल्याणका कार्यहरुमध्ये न्युनतम ४० प्रतिशत कामहरु बेलायतमूखी बनाउनेछु ।

– प्रवक्ता हुँदा सम्हालेको प्रेस बिभाग र च्यारिटी बिभाग लगायत गैर(आवासीय नेपाली संघ बेलायतका अन्य सबै बिभागहरुलाई बढी जिम्मेवार र सक्रिय बनाउनेछु । गैर(आवासीय नेपाली संघ बेलायतमा युवा, महिला, गोर्खा र जनजाति लगायत बिभिन्न उपसमुदायहरु, तह र तप्काका नेपालीहरुको एनआरएनए यूकेमा सहभागिता अभिवृद्दी गर्न बिभिन्न वर्गको एनआरएन बर्ष पुरस्कारहरुको (NRNA UK Year Award) स्थापना गर्नेछु ।

– वन एनसीसी वन प्रोजेक्ट लगायत संघले नेपालमा गर्दैआएको परोपकारी कार्यहरुलाई संस्थागत गर्नेछु र निरन्तरता दिने कार्यलाई बढावा दिनेछु ।

– सञ्चारका माध्यमहरुलाई अरु उपयोगी र प्रभावकारी ढंगले सञ्चालन गर्नेछु साथै एनआरएनए यूकेको आन्तरिक ब्यवस्थापनलाई चुस्त र स्फूर्त राख्नेछु ।

– नेपालको नयाँ संविधानमा गैरआवासीय नेपाली सम्बन्धि नागरिकता व्यवस्था पूर्ण नभएको प्रति जनसमूदायलाई ध्यानार्कष गराउदैं पूर्ण अधिकार सहितको नागरिकताको लागि पहल गर्ने छु ।

– पहिलो १२ महिना भित्रमा नै यूके भित्र बिभिन्न क्षेत्रिय समितिको गठन गर्ने छु ।

– अनलाइन भोटिङपद्दतिको बिकास गरी आजसम्मकै अधिकतम संख्यामा पञ्जिकृत सदस्यहरुको संस्था आइसीसीले हालै शुरु गरेको केन्द्रीय सञ्चार प्रणाली (Central Information Management System) लाई बढी उपयोगी र प्रभावकारी बनाउन सचिवालयसित नजिकमा रहेर प्रत्यक्ष सहयोग पुर्याउने कार्यलाई निरन्तरता दिनेछु गर्नेछु ।

– नेपाल र बेलायतबीच प्रत्यक्ष हवाई उडान सेवा पुनस्र्थापना गर्न नेपाली दुतावास लण्डनसंग मिलेर एनआरएनए यूकेको तर्फबाट बिशेष पहल गर्नेछु ।
– एनआरएनए युरोपको बाह्रौं क्षेत्रीय बैठक २०१९ बेलायतमा गर्नको निम्ति युरोपेली स्तरमा बिशेष भूमिका खेल्नेछु ।