१३ बैशाख २०८१, बिहीबार
Follow Us

आईनालाई एनआरएनको १३ लाख सहयोग

नेपालब्रिटेन डट कम्
१६ श्रावण २०७३, आईतवार ०९:४६

बौद्दिक अपांगता भएका वा मानसिक पक्षघात भएका बालबालिकाहरुको सहयोगार्थ एनआरएनए अभियन्ताहरुले १३ लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन्। फेमिलिया दे हेटौडाको संचालन गरेको परियोजनामा स्कुल बस किन्नका लागि उक्त सहयोगको घोषणा गरेका हुन्।

स्पेनिस युवती आईना बार्काले तिनै बालबालिकाको लागि हेटौडामा संचालन गरेको एक शैक्षिक परियोजनामा रहेका बालवालिकाहरुलाई स्कुल ल्याउँन र लैजान कठिन देखिए पछि सहयोगको अपिल गरेकी थिईन्। डेनमार्कको कोपेनहेगनमा शनिबार देखि सुरु भएको युरोपेली बैठकमा आईनाले आफ्नो परियोजना बारे जानकारी गराएकी थिईन्।

गैर आवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष शेष घलेले ६ लाख रुपैयाँ, संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले ३ लाख रुपैयाँ,संघका उपाध्यक्ष कुमार पन्तले १ लाख रुपैयाँ,उपाध्यक्ष भवन भट्टले १ लाख रुपैयाँ,युरोप संयोजक कुल आचार्यले १ लाख रुपैयाँ,एनआरएनए ईटलीका अध्यक्ष र क्षेत्र कुमार श्रेष्ठले १ लाख रुपैयाँ सहयोग घोषणा गरेका छन्। एनआरएन अभियन्ताको सहयोग घोषणा पछि आईना भाबुक बनेकी थिईन्। आँखा भरी आँशु लिदै उनले भनिन्,” सहयोगका लागि धेरै धेरै एनआरएनलाई धन्यबाद, स्कुल बसमा एनआरएनको नाम उल्लेख गर्ने छु।

को हुन् आईना बार्का ?

आईना बार्का उनि मात्र अहिले २४ बर्षकी भईन्। स्पेननिस एक युवतीले यति सानो उमेरमा नै नेपाल पुगेर सुस्तमनस्थिति भएका बालबालिकाहरुका लागि हेटौडामा दुई कोठे स्कुल खोलेर शिक्षाको ज्योती बाँडेकी छन्। हेटौडाली परिबार नामक गैर सरकारी सँस्थाकी संस्थापक समेत रहेकी उनले, नेपालमा आशा नामको एक स्कुल पनि संचालन गरेर बालबालिकाहरुलाई शिक्षा प्रदान गरेकी हुन्।

सोही स्कुलमा अहिले १८ जना सुस्तमनस्थिती भएका असाधरण बालबालिकाहरुले शिक्षा पाई रहेका छन्। फिजियोथेरापिष्ट र शिक्षिकाहरु सहित पाँच जना कर्मचारीहरु समेत स्कुलमा रहेका छन्।