१६ चैत्र २०८०, शुक्रबार
Follow Us

२८१ स्थानीय तहको नतिजा सार्वजनिक, कसको कति ?

नेपालब्रिटेन डट कम्
२० असार २०७४, मंगलवार ०७:२९

काठमाडौं । असार १४ गते भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रदेश नम्बर १ , ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ मध्ये २८१ स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । पछिल्लो नतिजा अनुसार एमाले अग्रस्थानमा छ । एमालेले अहिलेसम्म ३१ नगरपालिकासहित १२२ स्थानीय तहमा जीत दर्ता गरेको छ ।
त्यस्तै दोश्रो स्थानमा रहेको कांग्रेसल ३४ नगरपालिकासहित १०७ स्थानीय तहमा जीत हासिल गरेको छ । त्यस्तै माओवादी केन्द्रले सात नगरपालिकासहित ३५ स्थानीय तहमा जीत दर्ता गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले एउटा उप–महानगरपालिका र दुई वटा गाउँपालिकामा जीत हात पारेको छ । राष्ट्रिय जनमोर्चाले दुई, संघीय समाजवादी फोरमले ६ र नेपाल लोकतान्त्रिक फोरमले एक नगरपालिकासहित ६ स्थानीय तहमा जीत हासिल गरेको छ । त्यस्तै एक जना स्वतन्त्रका उमेदवारले पनि जीत हात पारेका छन् ।
एमालेले प्रदेश नम्बर १ मा ५४, प्रदेश ५ मा ३४ र प्रदेश ७ मा ३४ स्थानीय तह जितेर १ सय २२ स्थान सुरक्षित गरिसकेको छ । यस्तै, कांग्रेस १०७ स्थानीय तह जितेर दोस्रो स्थानमा रहेको छ । कांग्रेसले हालसम्म प्रदेश नम्बर १ मा ४१, प्रदेश ५ मा २९ र प्रदेश ७ मा ३७ स्थानीय तह जितेको छ ।
माओवादी केन्द्रले प्रदेश नम्बर १ मा ८, प्रदेश ५ मा १९ र प्रदेश ७ मा ८ स्थानीय तह जितेर ३५ सिटसहित तेस्रो स्थान सुरक्षित गरेको छ । यस्तै, संघीय समाजवादी फोरमले प्रदेश नम्बर ५ मा ५ र प्रदेश नम्बर १ मा एक स्थानीय तह जितेर ६ सिटसहित चौथो स्थानमा रहेको छ । फोरम लोकतान्त्रिकले प्रदेश नम्बर १ मा २, ५ मा २ र ७ मा एक स्थानीय तह जितेर ५ सिटसहित पाँचौं स्थानमा रहेको छ ।