६ बैशाख २०८१, बिहीबार
Follow Us

लिभरपूल नेपाली समाजद्वारा आर्थिक सहयोग

नेपालब्रिटेन डट कम्
२० असार २०७४, मंगलवार १२:०३

लण्डन । लिभरपूल नेपाली समाजले विल्सन रोगबाट पिडित दार्जिलिङ्ग निवासी १२ वर्षिय आन पांडी लेप्चालाई आर्थिक सहयोग गरेको छ । समाजले २ वर्ष देखी आर्थिक अभावका कारणले उपचार गर्न नसकेकी लेप्चालाई १ हजार १ पाउण्ड सहयोग गरेको हो ।
उनको उपचारको लागि आर्थिक संकलन गर्न समाजले आइतवार एक च्यारिटी कार्यक्रम आयोजना गरेको थियो।

लिभरपुलस्थित नेपाली समूदायको उपस्थितीमा भएको कार्यक्रमबाट उठेको सहयोग रकम समाजका अध्यक्ष कुमार घर्तिले देउमान इजामलाई हस्तान्तरण गरेका थिए ।

इजामले आर्थिक अवस्था कमजोर भएको परिवारप्रति सहानुभुति देखाएर लिभिरपूलवासी नेपालीहरुले गरेको सहयोग प्रति धन्यवाद दिए । उनले थोरै संख्या भए पनि सधैझै लिभरपूलमा नेपालीहरु सक्रिय र एकताबद्द भई सहयोग गरेकोमा आभार व्यक्त गरेका थिए ।
द गुर्खा रेष्टुरेन्टका संचालक नेत्र खरेलले च्यारिटी लञ्चको व्यवस्थापन गरेका थिए । उनको सहगोगार्थ अनलाइन तथा सामाजिक संजालको माध्यमबाट रकम संकलन कार्य जारी राख्ने समाजले जनाएको छ ।
प्रत्येक ३० हजार मध्य एकजनालाई लाग्ने यो दुर्लभ रोगको उपचार खर्च निकै महङगो हुन्छ । समाजले उनको सहयोगका लागि वेलायतबासी नेपाली समक्ष अपिल गरेको छ ।
19756021_10154923856224037_348433933_n