१४ बैशाख २०८१, शुक्रबार
Follow Us

थाइल्याण्डमा जिका भाइरस संक्रमित भेटिए

नेपालब्रिटेन डट कम्
२० असार २०७४, मंगलवार १२:१८

बैंकक । मध्यथाइल्याण्डको फिचित प्रान्तमा ११ व्यक्तिमा जिका भइरसको संक्रमण भेटिएको पुष्टि भएको छ । त्यसैगरी यस भाइरसबाट थप २७ व्यक्ति प्रभावित भएको बताइएको भए पनि यसको भने पुष्टि हुन बाँकी रहेको थाइ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
एघार जनाको मात्र पुष्टि भएको प्रान्तीय गभर्नर विरासक विचितसइङ्सीले जानकारी दिएका छन् । उनले भनेका छन् परीक्षणबाट ११ व्यक्ति सो भाइरास संक्रमित भएको पुष्टि भएको छ र अरु संक्रमितका बारेमा अनुसन्धान जारी छ ।
संक्रमित भएको पुष्टि भएका ती व्यक्तिलाई उपचारार्थ अस्पताल भर्ना गरिएको बताइएको छ । जिका भाइरसको संक्रमण लामखुट्टेको टोकाईबाट हुने गर्छ ।
गर्भवती यस भाइरसबाट प्रभावित भएको खण्डमा जन्मिने शिशुसम्म नै यसको प्रकोप सर्ने गर्दछ । त्यसैले यसबाट बच्न गर्भवतीलाई विभिन्न चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिएको छ । उच्च मात्रामा ज्वरो आएमा अस्पताल गएर रगत जाँच गराउन सरकारी अधिकारीहरुले सर्वसाधारणलाई आग्रह गर्ने गरेका छन् ।