१६ चैत्र २०८०, शुक्रबार
Follow Us

लागुऔषध कारोबारमा संलग्न चारजना पक्राउ

नेपालब्रिटेन डट कम्
२० असार २०७४, मंगलवार १३:२५

काठमाडौं । लागुऔषध कारोबारमा संलग्न चार जनालाई प्रहरीले आज पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले लागुऔाषधसहित दुई र लागुऔषध कारोबारमा संलग्न दुई जना गरी चार जनालाई पक्राउ गरेको हो ।

सप्तरीबाट काठमाडौँ आउँदै गरेको ना५ख ५३१४ नंको बसमा झोलाभित्र लुकाईछिपाई ल्याइरहेको अवस्थामा सिरहा लहानका १७ वर्षीय सन्तोष पासवान र २० वर्षीय अर्जुन महतोलाई नागढुङ्गाबाट पक्राउ गरेको हो ।

यस्तै, लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा सोलुखुम्बुका ३३ वर्षीय राजेन्द्र राउत र काभ्रेपलाञ्चोकका २३ वर्षीय गणेश गिरीलाई गौशालाबाट पक्राउ गरेको छ ।

पासवान र महतोको साथबाट ५० एम्पुल डाइजेल्याब, ५० एम्पुल नुर्फिन, ५१ एम्पुल फेनार्गन र ५८ ट्याबलेट नाइट्राजेपाम बरामद गरिएको प्रभागका प्रमुख एवम् प्रहरी निरीक्षक ऋषिराम घर्तिमगरले दिनुभयो ।

घटनासम्बन्धमा थप अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।