१४ बैशाख २०८१, शुक्रबार
Follow Us

राजपाले निर्वाचन आयोगमा आज दल दर्ता गराउने

नेपालब्रिटेन डट कम्
२१ असार २०७४, बुधबार ०६:३४

काठमाडौं । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन वहिष्कार गरेको राष्ट्रिय जनता पार्टीले निर्वाचन आयोगमा दल दर्ताको प्रक्रिया अघि बढाउने भएको छ ।
हिजो बसेको राजपा अध्यक्ष मण्डलको बैठकमा दल दर्ताको प्रक्रिया, निर्वाचन समिक्षा, निर्वाचनमा अनुशासनहिन काम गर्ने नेतामाथी कारबाही, पार्टीको आन्तरिक संगठनात्मक कार्यक्रम, वर्तमान परिस्थितिको समिक्षा र सरकारलाई दिएको समर्थन फिर्ताबारे समेत छलफल भएको बताइएको छ ।
पार्टीको संगठन संरचना र जातीय प्रतिनिधित्वको विषयमा कचिंगल उत्पन्न भएपछि नेताहरुले तत्काललाई अन्तरिम विधान बनाएर समस्या सल्टाउने तयारी थालेका छन् । राजपा अध्यक्ष मण्डलको सोमबारको बैठकले विधान लगायतको दस्तावेज तयार गरेर पार्टी दर्ता गर्ने निर्णय गरेको थियो । राजपालाई नजिकबाट बुझ्नेहरुले दल दर्ता प्रक्रिया चुनावमा जानकै लागि अघि बढाउन लागिएको दाबी गरेका छन् ।