६ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन अमेरिकाको निर्वाचन अगष्ट ११ र १२ मा

नेपालब्रिटेन डट कम्
२१ असार २०७४, बुधबार ०८:२२

होमप्रसाद लम्साल ।

टेक्सस । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (एनआरएन) अमेरिकाको (२०१७ देखि २०१९ का लागि) चुनाव आउँदो अगष्ट महिनामा हुने भएको छ । सदस्यता भेरिफिकेसनमा निकै विवाद खेपेको निर्वाचन समितिले मंगलबार आगामी निर्वाचनको कार्यक्रम प्रकाशित गर्दै अगष्ट ११ र १२ तारिख अनलाईन निर्वाचन हुने जनाएको छ । प्रकासित सुचना अनुसार उम्मेदवारको मनोनयन बुधबारबाटै सुरु हुनेछ । लामो समय सदस्यता भेरिफिकेसनका नाममा विवाद भएर ढिला गरी निर्वाचन हुने मिति तय भएको हो ।
एनआरएन अमेरिकाको अध्यक्ष लगायत ३३ पदको चुनाव हुनेछ । त्यस्तै ८ जना आईसीसी सदस्यको पनि चुनाव हुनेछ । एनआरएन अमेरिकाको २५ स्टेट च्याप्टरको पनि चुनाव सोही दिन निर्वाचन हुनेछ । निर्वाचन समितिले प्रकासित गरेको कार्यतालिका अनुसार ४ जुलाईमा मतदाता नामावली प्रकासन, ४ देखि ८ जुलाई उम्मेदवार मनोनयन सक्ने, १३ जुलाईसम्म उम्म्ेदवारीमाथी दावी विरोधको समय दिइएको छ ।

१८ जुलाई उम्मेदवारको अन्तिम नामावली प्रकासन, उम्मेदवारले आफ्नो नाम फिर्ता लिन २४ तारिकलाई अन्तिम दिन तोकोको छ । २९ तारिक अन्तिम उम्मेदवारको नामावली प्रकासन र अगष्ठ ११ र १२ निर्र्वाचनको दिन तोकेको छ । त्यसैगरी अगष्ठ १९ निर्वाचन परिणम घोषणाको लागि ताकिएको छ भने २० अगष्ठमा प्रमाणपत्र वितरण गरिने निर्वाचन अधिकृत बन्दिता शर्माले बताईन ।
च्याप्टर र अमेरिकाबाट सदस्यहरु संख्याका आधारमा पाइने आइसीसी सदस्यमध्य ८ पदको लागि पनि एकै साथ निर्वाचन हुनेछ ।
यो निर्वाचनबाट सबै तहका गरि २०० देखि ३०० सम्म विभिन्न उम्मेदवारहरुको चयन हुनेछन । निर्वाचनका लागि उम्मेदवार हुनका लागि अध्यक्ष र आइसीसी सदस्यहरुको हकमा बिधानत एनसीसी या आइसीसीको कार्यसमितिमा एक कार्यकाल काम गरेको अनिवार्य हुनुपर्ने छ ।

चुनावी अभियानका क्रममा अमेरिकाका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष डा केशव पौडेल, गौरी जोशी, रविना थापा, राम सी पोख्रेल र कृष्ण पोख्रेल चुनावी मैदानमा होमिएका छन । सदस्यता सख्याका आधारमा अमेरिकाबाट एक सय ७० जना केन्द्रिय डेलिकेटस् जान पाउने भएकाले केन्द्रिय निर्वाचनमा उम्मेदवार हुने प्रमुख पदका दावेदारहरुको आँखा पनि अमेरिकी चुनावमा राम्ररी लागेको छ । अमेरिका एनआरएनको ७६ शाखामध्ये सबै भन्दा बढी सदस्य भएको शाखा हो ।