१९ बैशाख २०८१, बुधबार
Follow Us

यिनी अब अमेरिका उड्छिन कि उपमेयर सम्हालछिन् ?

नेपालब्रिटेन डट कम्
२१ असार २०७४, बुधबार ०८:३९

काठमाडौं । डिभी परेर अमेरिका बसोबास गर्ने प्रेमचन्द्र सापकोटासँग विवाह गरेको वर्ष दिन नपुग्दै ढाकाकुमारी पराजुली उर्फ ताराले बेलबारी नगरपालिकामा उपमेयर जितेकी छन् । नेकपा एमालेबाट तारा उपमेयरमा निर्वाचित भएकी हुन् । उक्त नगरपालिकामा मेयर र उपमेयर एमालेले जितेको छ । ताराले ११ हजार ३ सय २२ मत ल्याएर निर्वाचित भइन भने उनको निकटम प्रतिद्वन्द्वी रुक्मणी धिमालले १० हजार ९ सय २२ मत ल्याइन् ।
तारा कवि र शिक्षिका हुनुका साथै एमालेको संगठित कार्यकर्ता थिइन् । कवि र कविताकै माध्यमबाट अमेरिकामा रहेका प्रेमचन्द्रसँग ताराको फेसबुकमा लभ परेको थियो । कविता र साहित्यमा रुचि राख्ने प्रेमचन्द्रलाई तारासँग फेसबुकमै भेट गराउने काम गीतकार कृष्णहरि बरालले गरेका थिए । ५० वर्ष पुग्दा पनि अविवाहित रहेका प्रेमचन्द्रले बरालकै सिफारिसमा तारासँग प्रेम प्रस्ताव राखे । त्रिविवि अध्ययनका क्रममा बरालकै सेरोफेरोमा रहेका प्रेमचन्द्रको प्रस्ताव ताराले एक बाक्यमै स्वीकार गरिन् । उनी पनि ढल्कदो उमेरमा अविवाहित नै थिइन् । झन्डै वर्ष दिनजति तारा र प्रेमचन्द्रबीच फेसबुक लभ प-यो ।
नेपाल आएपछि प्रेमचन्द्र एयरपोर्टबाट सिधै तारालाई भेट्न पुगे । त्यही भेटमा आफन्त र विवाहको मिति तय गर्ने योजना प्रेमचन्द्रको थियो । तर भेटपछि एक साताभित्रै विवाह गर्न दुवै तयार भए । उक्त योजनाअनुसार नै दशैंको नवराथा लाग्नु अघि उनीहरुले केही आफन्तमाँझ भद्रकालीमा विवाह गरे ।
विवाहपछि प्रेमचन्द्रले तारालाई घर भित्र्याउन पाँचथर लगेनन् । उनीहरु हनिमुन मनाउन नगरकोट हिमालयन रिर्सोट पुगे । त्यसपछि पोखरालगायत विभिन्न रमणीय ठाउँमा घुमेपछि प्रेमचन्द्रले तारालाई भित्र्याउन पाँचथर लिएर गए । झन्डै ३ महिनाको बसाइमा प्रेमचन्द्र र तारा एक घन्टा पनि छुटिएर बसेनन् । यसबीचमा ताराका हृदयमा अनगिन्ती कविता फुरे । प्रायः निराशावादी कविता लेख्न ताराका एकाएक आशावादी भावना फेसबुकमा छताछुल्ला हुन थाले ।
यस्तैमा प्रेमचन्द्र अमेरिका फर्किने दिन आयो । तारालाई पनि अमेरिका लैजान चाहिने सम्पूर्ण कागजात तयार पारेर पे्रमचन्द्र अमेरिका उडेका छन् । अर्को पटक आउँदा सँगै अमेरिका लैजाने सपना प्रेमचन्द्रले देखिरहेका बेला यता ताराले बेलबारी नगरपालिकाको उपमेयर जितेकी छन् । जनताको सेवक बन्ने इच्छा देखाएपछि एमालेले तारालाई उपमेयरको टिकट दिएको थियो । यदि ताराले जनताको सेवक बन्ने निर्णय लिइन भने प्रेमचन्द्रको सपनामा ठेस लाग्ने निश्चितजस्तै छ ।
– सुनयना राउत