१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अब २३ स्थानको मात्रै नतिजा आउन बाँकी

नेपालब्रिटेन डट कम्
२१ असार २०७४, बुधबार १५:००

काठमाडौं । दोस्रो चरणको स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम जारी छ । ३ सय ३४ स्थानीय तहमा भएको निर्वाचनको अहिलेसम्म घोषित तीन सय ९ तहको परिणाममा नेकपा एमालेको अग्रता कायमै छ । एमालेले ३९ नगर र एक उपमहानगरसहित १ सय ३७, कांग्रेसले ४४ नगरसहित एक सय १८, माओवादी केन्द्रले ८ नगरसहित ३६ र संघीय समाजवादी फोरमले ६ स्थान जितेको छ ।
त्यसैगरी नेपाल लोकतान्त्रिक फोरमले एक नगरसहित छ, राष्ट्रिय जनमोर्चाले दुई र राप्रपाले एक उपमहानगरपालिकासहित ४ स्थानमा जित हासिल गरेको छ । त्यस्तै स्वतन्त्र उम्मेदवारले दुई ठाउँमा जित हासिल गरेका छन ।
प्रदेश नम्बर एकका ताप्लेजुङ, पाँचथर, धनकुटा, संखुवासभा, भोजपुर, तेह्रथुम, खोटाङ, सोलुखुम्बुको सवै परिणाम आईसकेको छ । त्यस्तै, प्रदेश नम्बर पाँचका गुल्मी, पाल्पा, अर्घाखाँची, रोल्पा, रुकुमका सवै तहको अन्तिम नतिजा आईसकेको छ । सात नम्बर प्रदेशका कैलाली र कंचनपुर बाहेक सवै जिल्लाको सम्पूर्ण मतपरिणाम प्राप्त भईसकेको छ ।