६ बैशाख २०८१, बिहीबार
Follow Us

परिणाम सार्वजनिक हुन बाँकीमा पनि एमाले हाबी

नेपालब्रिटेन डट कम्
२२ असार २०७४, बिहीबार ०७:२७

काठमाडौं । असार १४ गते भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रदेश नम्बर १ , ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ मध्ये अब १६ स्थानको मात्र नतिजा आउन बाँकी छ । बाँकी १६ स्थानमध्ये नेकपा एमालेले अझै ९ स्थानमा अग्रता कायम राखेको छ । झापाको मेचीनगर भने कांगे्रसको पक्षमा आउने सम्भावना बढेको छ । त्यसबाहेक झापाका दमक, शिवसतासी र अर्जुनधारामा एमालेको अग्रता बलियो हुँदै गएको छ । एमालेले बेलका, इटहरी, त्रियुगा, धनपालथान, दमक, शिवसतासी, धरान, अर्जुनधारा र पुनर्वासमा जित्ने सम्भावना छ ।
यता, कांग्रेसले भने पाँच स्थानमा अग्रता बनाएको छ । मेचीनगर एमालेबाट खासेपछि बुद्धशान्ति, धनगढी, विराटनगर र भीमदत्तमा कांगे्रसको जीत लगभग सुनिश्चित भएको छ ।
माओवादी केन्द्र, रंगेली नगरपालिकामा दिलिप अग्रवाल, संघीय समाजवादी फोरमले कोटहीमाइ गाउँपालिकामा चन्द्रभूषण यादवले अग्रता लिएका छन् ।