१३ बैशाख २०८१, बिहीबार
Follow Us

एमाले पहिलो र कांग्रेस दोस्रो ठूलो दल

नेपालब्रिटेन डट कम्
२२ असार २०७४, बिहीबार ०९:१०

काठमाडौं । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पनि नेकपा एमाले पहिलो दल बन्न सफल भएको छ । दोस्रो चरणमा ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा निर्वाचन भएकोमा अहिलेसम्म ३ सय १८ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ ।
अहिलेसम्म घोषित परिणाममा नेकपा एमालेले १ सय ४२ स्थानीय तहमा विजय हात पारेको छ । नेपाली कांग्रेसले अहिलेसम्म १ सय १७ स्थानीय तहमा जित हात पारेको छ भने नेकपा माओवादी केन्द्र ३७ स्थानीय तहमा विजयी भएको छ । यस्तै संघीय समाजवादी फोरमले ७ सिट जितेको छ भने लोकतान्त्रिक फोरमले पनि ६ सिट जितेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ४, राष्ट्रिय जनमोर्चा २ र तीन जना स्वतन्त्र उम्मेदवारले जित हात पारेका छन् ।
पहिलो चरणमा एमालेले १ सय २५ स्थानमा जितेको थियो । त्यस्तै नेपाली कांगे्रसले १ सय ५ र माओवादी केन्द्रले ४६ स्थानमा जितेको थियो । राप्रपा र फोरम नयाँ शक्तिले एक–एक स्थानमा जित हात पारेका थिए । पहिलो चरण र अहिलेको परिणाम जोड्दा एमालेको २ सय ६७ पुग्छ । त्यस्तै कांगे्रसको २ सय २२ हुन्छ भने माओवादी केन्द्रको ८३ पुग्छ ।