१६ चैत्र २०८०, शुक्रबार
Follow Us

जबर्जस्ती करणी गर्न खोज्ने पक्राउ

नेपालब्रिटेन डट कम्
२२ असार २०७४, बिहीबार ०९:२१

लहान । सिरहाको लहान नगरपालिका–६ की एक महिलालाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा बुधबार साँझ एक युवक पक्राउ परेका छन् ।
करिब ३५ वर्षीया महिलालाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्लाको भगवानपुर गाउँपालिका–२ निवासी २० वर्षीय अरुण यादव पक्राउ परेका हुन् ।
पीडितको जाहेरीका आधारमा यादवलाई पक्राउ गरी जबर्जस्ती करणी उद्योग मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
यसैबीच स्थानीय धनगढीमाई नगरपालिका–१० बाट लागुऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको स२प ७४४ नंको मोटरसाइकल रोकेर जाँच गर्दा मोटरसाइकलको पछाडि बाँधी ल्याएको झोलामा लागुऔषधसहित धनगढीमाई नगरपालिका–३ निवासी १८ वर्षीय शिव साहलाई पक्राउ गरेको हो ।
साहको साथबाट १० किलो ३०० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
यसैगरी करिब तीन वर्षअघि लागुऔषध मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका लहान नगरपालिका–१९ सोनामती मझौरा निवासी २१ वर्षीय रामशङ्कर महतोलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
अदालतबाट लागुऔषध मुद्दामा एक वर्ष कैद र रु ५० हजार जरिवानाको सजाय पाएर फरार भएका महतोलाई इलाका प्रहरी कार्यालयका प्रहरीटोलीले खोजतलासका क्रममा पक्राउ गरेको जनाइएको छ ।