१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नयाँ राष्ट्रपति बारे डेनमार्क दूतावास वेखबर

नेपालब्रिटेन डट कम्
१६ श्रावण २०७३, आईतवार १०:५६

कोपनहेगन । देशमा नयाँ राष्ट्पति निर्वाचन भएको महिनै पुग्दा सम्म डेनमार्कस्थित नेपाली दूतावास भने बेखर छ । यहाँस्थित राजदूतावासको सरकारी निवासमा अझै सम्म पूर्व राष्ट्रपति डा रामबरण यादवको नाम फोटो झुण्डाइएको छ । गैरआवासीय नेपाली सँघको नवौं युरोप क्षेत्रिय बैठकका सहभागीहरुको सम्मानमा शुक्रवार सरकारी दूतावासमा आयोजित रिसेप्सनमा पुगेका एनआरएनहरुले यावदको फोटो देखेर छक्क परेका थिए । यसअघि नेपाल सरकारले राष्ट्रपति बिद्या भण्डारीको आधिकारीक फोटो आफ्ना निकायहरुमा राख्न औपाचारिक पत्र पठाएको थियो ।