१५ चैत्र २०८०, बिहीबार
Follow Us

जनमतसङ्ग्रहपछि बेलायत विदेशी लगानी आकर्षणको केन्द्र

नेपालब्रिटेन डट कम्
२३ असार २०७४, शुक्रबार ०६:१५

लण्डन । संयुक्त अधिराज्य (यूके)को अन्तर्राष्ट्रिय व्यापार महाशाखाले हिजो बिहीबार एक तथ्याङ्क सार्वजनिक गर्दै भनेको छ मुलुक युरोपियन युनियनबाट बाहिरिने वा नबाहिरिने विषयमा भएको जनमतसङ्ग्रहपछि बेलायतले प्रत्यक्ष विदेशी लगानीमा सन् २०१६–०१७ मा ऐतिहासिक आकर्षण गरिएको बताइएको छ ।
उक्त अवधिमा रेकर्ड राखेका दुई हजार २०० योजना अघिल्लो बर्षको तुलनामा दुई प्रतिशतको बृद्धि हो । तथ्याङ्कले सो अवधिमा ७५ हजार २२६ रोजगारीका अवसरहरू सिर्जना भएका थिए भने ३२ हजार ६७२ रोजगारीका अवसर गुम्ने स्थितिबाट जोगिएका थिए । यो तथ्याङ्क अनुसार यो समयमा सरदर प्रतिहप्ता दुई हजार रोजगारीका अवसर सिर्जना भएको देखिन्छ ।
प्रविधि, नवीकरणीय उर्जा, जीव विज्ञान, र सिर्जनात्मक उद्योगका लागी आकर्षणस्थल भएकाले संयुक्त अधिराज्य आन्तरिक लगानीका लागी यूरोपको सर्वोत्तम गन्तव्य रहेको विभागल जनाएको छ । “बेलायतले जनमतसङ्ग्रहमार्फत बे्रक्जिटका बिषयमा निर्णय लिएपछि ऐतिहासिक रूपमा लगानी भित्राएको र पछिल्लो समय बेलायत विदेशी लगानीकर्ताका लागी व्यापक आकर्षणको केन्द्र बनेको छ,” बेलायतका अन्तर्राष्ट्रिय व्यापार सचिव लियाम फक्सले जनाउनुभयो ।
लगानीकर्ता मुलुकमध्ये संयुक्त राज्य अमेरिका सवैभन्दा अग्रणीस्थानमा देखिएको र यसले जम्मा ५७७ आयोजनामा लगानी गरेको विभागकोे भनाई छ । चीन र चीनको विशेष प्रशासनिक क्षेत्र हङकङले पनि बाँकी १६० आयोजनामा अन्य मुलुकको तुलनामा उल्लेख्य लगानी गरेका बताइएको छ ।