११ बैशाख २०८१, मंगलवार
Follow Us

प्रधानमन्त्रीद्वारा बाढीग्रस्त क्षेत्रको निरीक्षण

नेपालब्रिटेन डट कम्
२३ असार २०७४, शुक्रबार ०८:०२

राजविराज । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरी जिल्लाका बाढी प्रभावित क्षेत्रको आज स्थलगत निरीक्षण गर्नुभयो । प्रधानमन्त्री देउवाले एक हप्ता अगाडि आएको बाढीबाट प्रभावित ग्रामीण क्षेत्रका पीडित परिवारसँग प्रत्यक्ष भेटघाट पनि गर्नुभयो ।
सप्तरीको तिरौता गाउँपालिकाअन्तर्गत मैना करेडोलगायतका ग्रामीण क्षेत्रमा महुली खोलाले गरेको कटान र डुबानका बारेमा उहाँले जानकारी पनि लिनुभएको थियो ।
एक हप्ता अगाडि खाडो, जातो र मौली नदीमा आएका बाढीले त्यहाँको बाँध भत्काउनाका साथै सप्तरीका एक दर्जन गाउँ डुबानमा पारेको थियो । प्रधानमन्त्री देउवासँगै उपप्रधान तथा गृहमन्त्री जनार्दन शर्मा पनि हुनुहुन्थ्यो ।