११ बैशाख २०८१, मंगलवार
Follow Us

जन्म दिनमा पूर्वराजाको यस्तो आयो सन्देश

नेपालब्रिटेन डट कम्
२३ असार २०७४, शुक्रबार ०८:१३

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले आफूले पद, प्रतिष्ठा र प्रशंसा कहिल्यै नचाहेको बताएका छन् । आफ्नो ७१ औं जन्मदिनको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै ज्ञानेन्द्रले पद प्रतिष्ठा र प्रशंसा भन्दा पनि आफ्नो चाहना देशक्ति नै रहेको बताएका हुन् ।
मुलुकको एकतामा जोड दिँदै उनले आफ्नो शुभकामना सन्देशमा ‘देश जोगियोस्, जोडियोस् र विग्रह तर्फ नलागी सुदृढ राष्ट्रिय एकता तर्फ अग्रसर रहोस्’ भन्ने उल्लेख गरेका छन् । मुलुकको एकता र सुदृढ राष्ट्रियताप्रतिको भावना आम नेपालीमा र खासगरी राष्ट्रप्रति जिम्मेवार जनप्रतिनिधिहरुमा रहोस् भन्ने कामना गरेको उनले हरेकपल्ट देश संकटमा पर्दा देशवासीले देखाउने गरेको अभूतपूर्व एकताको सह्राहना गरेका छन् ।
वैदेशिक रोजगारीमा विदेशिएका युवाहरुलाई स्वदेशमै रोजगारको अवसर सृजना गर्नुपर्ने धारणा सार्वजनिक गरेका पूर्वराजा ज्ञानेन्द्रले निराशा बोकेर विदेशिएका उर्जाशील युवाशक्तिलाई स्वदेशभित्रै गरिखाने बाटो बनाइदिन सबै जाग्रित हुनुपर्नेमा जोड दिएका छन् ।