८ बैशाख २०८१, शनिबार
Follow Us

एमाले बर्मिङघम क्षेत्रिय अध्यक्षमा पाठक

नेपालब्रिटेन डट कम्
२३ असार २०७४, शुक्रबार ११:१५

लण्डन । वेलायतस्थित प्रवासी नेपाली मञ्च वेष्ट मिडल्याण्ड (बर्मिङघम) इलाका समिति गठन गरिएको छ । मंगलवार मेडल्याण्डमा सम्पन्न भेलाले भुपेन्द्र पाठकको अध्यक्षतामा नयाँ समिति गठन भएको हो ।

नेकपा एमालेका केन्द्रिय सदस्य योगेश भट्टराई, र पोलितव्युरो सदस्य विजय पौडेलको उपस्थित रहेको भेलाले १५ सदस्यीय समिति गठन गरेको छ ।

समितिको सचिवमा नवराज भट्टराई, सदस्यहरुमा ध्रुव खरेल, गिरीराज खरेल, महाशर्मा खराल, मुक्त अधिकारी, शिव खरेल, विष्णु बंजाडे, दिपेन्द्र दुवाडी, भक्त केसी, हरि सापकोटा, दधि सापकोटा, राधा खरेल, बाबुराम सापकोटा, कोपिला भुसाल र पार्वति भण्डारी छन् ।

भेलामा प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी, उपाध्यक्ष रामजी बराल, पूर्वबरिष्ठ उपाध्यक्ष रविन्द्र कंडेल लगायतको उपस्थिती थियो ।