१५ चैत्र २०८०, बिहीबार
Follow Us

देवघाटका महन्तसँग बेलायतमा सत्सङ्ग कार्यक्रम हुँदै

नेपालब्रिटेन डट कम्
२३ असार २०७४, शुक्रबार १२:११

नेपालको प्रसिद्ध धार्मिक क्षेत्र देवघाटस्थित गलेश्वरधामका महन्त श्री १००८ आत्मानन्द गिरीले लण्डनमा विशेष सत्सङ्ग कार्यक्रम गर्नुहुने भएको छ ।
यही जुलाई ९ गते आइतबारका दिन पश्चिम लण्डनको साउथहल ब्रोडवे स्थित विश्वहिन्दू मन्दिरमा नेपालका ख्यातिप्राप्त विद्वान् स्वामीज्यूले धार्मिक प्रवचन दिने र सत्सङ्ग गर्ने कार्यक्रम रहेको आयोजकमध्ये एक होमनाथ पौडेलले बताए ।
बेलायतस्थित नेपाली पण्डितहरूको साझा संस्था ‘पशुपति केन्द्र लण्डन’ले उक्त सत्संगको आयोजना गर्न लागेको केन्द्रका सहसंयोजक पण्डित गोविन्द नेपालले जानकारी दिए ।

दिउसो ३ बजेदेखि ६ बजेसम्मका लागि तय भएको उक्त निशुल्क कार्यक्रममा सपरिवार उपस्थित भएर लाभ लिनुहुन पश्चिम लण्डननिवासी सबै नेपाली भक्तजनहरूमा सादर आग्रह गरिएको संस्थाका महासचिब दुर्गा पोख्रेलले बताए ।