१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राप्रपा केन्द्रीय समितिको बैठक साउन ४ मा

नेपालब्रिटेन डट कम्
२३ असार २०७४, शुक्रबार १२:२८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी साउन ४ गते काठमाडौँमा बस्ने भएको छ । देशभरबाट ११४ केन्द्रीय सदस्य सहभागी हुने उक्त बैठकमा स्थानीय तहको चुनावको समीक्षा र प्रदेश तथा केन्द्रीय चुनावका बारे छलफल गरिने पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । मुलुकमा विकसित भएको राजनीतिक परिस्थितिको मूल्याङ्कन गरी पार्टीको भावी रणनीति तयारीका लागि पनि बैठकमा छलफल गरिने छ ।
पार्टीको विधानानुसार १६३ केन्द्रीय सदस्य रहने व्यवस्था गरिए पनि ४९ सदस्य मनोनयन गर्न बाँकी छ । व्यवस्थापिका–संसद्मा पार्टीका तर्फबाट ३७ सांसदले प्रतिनिधित्व गर्नुभएको छ ।