असोज ३० गते प्रदेशसभा र मंसिर पहिलो साता प्रतिनिधिसभाको निर्वाचन

  २३ असार २०७४, शुक्रबार १२:४६ मा प्रकाशित

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी असोज ३० गते प्रदेशसभाको र मंसिरको पहिलो साता प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी तयारी थालिएको बताएका छन् । शुक्रबार राजधानीमा निर्वाचन पर्यवेक्षण संस्थाहरु नियोक र जियोकले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त यादवले असोज ३० मा प्रदेशसभा र मंसिरको पहिलो साता प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी तयारी थालिएको बताएका हुन् ।
उनले आगामी चुनावलाई प्रविधिमैत्री बनाउन अध्ययनका लागि प्राविधिक समूहलाई भारत पठाइसकिएको जानकारी पनि दिए । उनले कानुन निमार्णकैबेलामा निर्वाचनको मिति तय गर्ने र सार्ने अधिकार निर्वाचन आयोगलाई दिन अनुरोध गरेपनि सरकारले त्यसको सुनुवाइ नगरेको गुनासो गरे ।
प्रमुख निर्वाचन आयुक्त यादवले पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्रमा भएका त्रुटिहरुलाई दोहोरिन नदिन मतदाता नामवली अद्यावधिक गरिने पनि बताए ।
पत्रकार सम्मेलनमा निर्वाचनलाई अझ बढी व्यवस्थित र प्रविधिमैत्री बनाउन पर्यवेक्षण संस्थाका अगुवाहरुले सुझाव दिएका थिए । शुक्रबार राजधानीमा निर्वाचन पर्यवेक्षण संस्थाहरु नियोक र जियोकले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त यादवले असोज ३० मा प्रदेशसभा र मंसिरको पहिलो साता प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी तयारी थालिएको बताएका हुन् । उनले आगामी चुनावलाई प्रविधिमैत्री बनाउन अध्ययनका लागि प्राविधिक समूहलाई भारत पठाइसकिएको जानकारी पनि दिए । उनले कानुन निमार्णकैबेलामा निर्वाचनको मिति तय गर्ने र सार्ने अधिकार निर्वाचन आयोगलाई दिन अनुरोध गरेपनि सरकारले त्यसको सुनुवाइ नगरेको गुनासो गरे । प्रमुख निर्वाचन आयुक्त यादवले पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्रमा भएका त्रुटिहरुलाई दोहोरिन नदिन मतदाता नामवली अद्यावधिक गरिने पनि बताए । पत्रकार सम्मेलनमा निर्वाचनलाई अझ बढी व्यवस्थित र प्रविधिमैत्री बनाउन पर्यवेक्षण संस्थाका अगुवाहरुले सुझाव दिएका थिए ।

प्रतिक्रिया