७ बैशाख २०८१, शुक्रबार
Follow Us

मोरङका दुई पत्रकार पुरस्कृत हुने

नेपालब्रिटेन डट कम्
२४ असार २०७४, शनिबार ०६:४०

विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिले मोरङका दुई पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । मीना श्रेष्ठ पत्रकार महिला प्रोत्साहन पुरस्कारबाट ‘मकालु टेलिभिजन’ का समाचारदाता बिनु तिम्सिना र मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कारबाट ‘हिमालय टाइम्स’का समाचारदाता उद्धव घिमिरेलाई पुरस्कृत गरिने भएको छ ।
अमेरिकामा बस्दै आउनुभएकी राष्ट्रिय समाचार समितिका पूर्वकर्मचारी मीना श्रेष्ठद्वारा स्थापित महिला प्रोत्साहन पुरस्कारको राशि रु १० हजार एक तथा दीपक र उनका दाजु मुक्ति दाहालद्वारा आफ्ना मातापिताका स्मृतिमा स्थापित चन्द्रलाल–दुर्गादेवी पुरस्कारको राशि रु २१ हजार एक छ । संस्थाको छैटौँ स्थापना दिवसका अवसरमा आउँदो सोमबार दुवै जनालाई पुरस्कृत गरिने छ ।