१४ बैशाख २०८१, शुक्रबार
Follow Us

दार्जिलिङमा खाद्यान्न अभाव

नेपालब्रिटेन डट कम्
२४ असार २०७४, शनिबार ०६:४९

झापा । खाद्यान्न, अत्यावश्यक सामग्री र पेट्रोलिय पदार्थको अभाव बढेसँगै भारतको पूर्वी पहाडी क्षेत्र दार्जिलिङको जनजीवन अस्तव्यस्त बन्दै गएको छ । छुट्टै गोर्खाल्याण्ड राज्यको मागमा तीन सातादेखि अनिश्चितकालीन आमहड्ताल चलिरहेका कारण दार्जिलिङको जनजीवन कष्टकर बन्दै गएको हो ।
दार्जिलिङ र आसपास क्षेत्रका बासिन्दा दैनिक आवश्यकताका सामग्री, पेट्रोलियम पदार्थ र इन्टरनेटका लागि नेपालको सीमावर्ती बजार इलामको पशुपतिनगर आउन थालेको दार्जिलिङ अनलाइनले जनाएको छ ।
पश्चिम बंगाल सरकारले सबै विद्यालयमा बंगाली भाषा अनिवार्य गर्ने निर्णय गरेपछि दार्जिलिङमा आन्दोलन सुरु भएको हो । भाषालाई लिएर सुरु भएको आन्दोलन गोरखाल्याण्ड राज्यको मागमा पुगेको छ ।
गोर्खाल्याण्ड बनाउने सर्तमा मात्रै केन्द्र सरकारसँग वार्ता गर्न सकिने आन्दोलकारी दलको अडान छ । आन्दोलनका क्रममा तीन जनाले ज्यान गुमाइसकेका छन् ।