१६ चैत्र २०८०, शुक्रबार
Follow Us

डा. आरजु देउवा मन्त्री बन्ने !

नेपालब्रिटेन डट कम्
२४ असार २०७४, शनिबार ०७:०९

काठमाडौं । आज वा भोलि विस्तार हुने मन्त्रिपरिषद्मा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु देउवालाई पनि मन्त्री बनाउने निष्कर्षमा पुगेका छन् । विश्वासिलो र सहयोगी मन्त्रीका रुपमा प्रधानमन्त्री देउवाले डा. आरजुलाई मन्त्री बनाउन लागेका हुन् । उनलाई स्वास्थ्य मन्त्री बनाइने चर्चा छ, यद्यपि विवाद आउने डरले प्रधानमन्त्री देउवाले पनि गिरिजाप्रसाद कोइरालाले छोरी सुजता कोइरालालाई आफ्नो मन्त्रिमण्डलमा समावेश गराउँदाको थेउरी अपनाउने बुझिएको छ । तत्कालीन प्रधानमन्त्री कोइरालाले छोरी सुजाता कोइरालालाई पहिलो पटक विना विभागीय मन्त्री बनाएका थिए । प्रधानमन्त्रीको सहयोगीका रुपमा विना विभागीय मन्त्री बनाउन विवाद नआउने भएकाले पत्नी आरजुलाई पनि त्यही रुपमा प्रधानमन्त्री देउवाले आरजुलाई मन्त्री बनाउने बुझिएको छ ।
प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल विस्तारका लागि शनिबारदेखि नै गृहकार्य सुरु गरिसकेका छन् । शनिबार माओवादी केन्द्र र राप्रपाका नेतासँग संयुक्त छलफल गरे । संविधान संशोधनमा सहयोग गर्न तयार रहे मात्र राप्रपालाई मन्त्रिमण्डलमा सहभागी गराउने प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल रहेका छन् । संविधान संशोधनका बेला राप्रपा विभाजित नहुने सर्तमा मात्र राप्रपालाई जिम्मेवारी दिइने भएको छ ।