१६ चैत्र २०८०, शुक्रबार
Follow Us

विभेद चिर्न देवी भागवत सफल : सांसद परियार

नेपालब्रिटेन डट कम्
२५ असार २०७४, आईतवार ०८:२७

चितवन । सांसद विष्णुमाया परियारले सार्वजनिक स्थलमा जातीय भेदभाव गर्न नहुने बताउनु भयो । विरामीलाई दिने रगतमा जातको नभई रगतको समूहलाई आधार मानिने भन्दै धार्मिक क्षेत्रमा पनि भेदभाव गरिन नहुने भनाई राख्नु भयो । आफ हिन्दु भएको भन्दै संविधानमा निरपेक्ष लेखे पनि सबैलाई सबै धर्म मान्ने अधिकार रहेको प्रष्टाउनु भयो ।
लोक कल्यण सेवा प्रतिष्ठानद्वारा संञ्चालित श्रीराम जानकी वालिका आश्रम गार्गी कन्या गुरुकूल र भरतपुर दुर्गा मन्दीरको आयोजनामा आयोजित श्रीमद् देवि भागवतको समापन समारोहमा बोल्दै परियारले यस्तो बताउनु भएको हो । बालिका आश्रममा समावेशी बालिकाहरुको संरक्षण गरिएकोमा खुशी व्यक्त गर्दै समाजमा समानता कायम गर्नु अहिलेको आवश्यकता रहेको औल्याउनु भयो ।
2
प्रतिष्ठानकी अध्यक्ष सावित्री टन्डनले असहाय छोरीहरुको संरक्षण मा चुनौती रहेको बताउनु भयो । उहाँले आश्रमका बालीकाहरुको प्रतिभा र कला प्रस्फुटनका र महायज्ञ बेला बेलामा आयोजना गर्ने गरेको बताउदै महायज्ञले आश्रम सञ्चालनमा पनि सहयोग पुगेको प्रष्टाउनु भयो ।
सो देवी भागवतमा नेपालको कान्छि भागवत वाचक उमा महेश्वरीले प्रमुख वाचक रहनु भएको थियो । समाजमा महिला र पुरुष बिच अनेक खाले विभेद रहेको भन्दै यस्ता विभेद चिर्न महायज्ञको वाचक महिला ले गर्ने पर्ने भागवत वाचक उमामहेश्वरीले बताउनु भयो । प्रतिष्ठानले देशका विभिन्न भूभागमा गरेर कुल एक सय आठ महाअनुष्ठान गर्ने लक्ष्य रहेकोमा यो ५५ औं महाअनुष्ठान हो । आश्रमकै प्रथम कन्या उमामहेश्वरीले भने भरतपुरको यस महायज्ञ सहित पोखरा हेटौडा, काठमाडौमा गरी ५ ठाउँमा प्रमुख वाचकको भुमिकामा आफुलाई प्रस्तुत गरिसक्नु भएको छ । यस भरतपुरको दुर्गा मन्दिरमा यस अघि पनि देवी भागवत महापुराण हुने गरेको कार्यक्रम उपसंयोजक मन्दिरका केदारनाथ तिमेल्सनाले जानकारी दिनु भयो । यो मन्दिर २०२६ सालमा चितवनका प्रमुख जिल्ला अधिकारी हेमराज ज्ञवालीले मन्दिर स्थापना गर्न पहल गरकेका थिए ।
3
असार १६ गते देखि आयोजित महायज्ञमा १ लाख ५५ हजार रुपैंया नगद संकलन भएको थियो । शनिवार अन्तिम दिन आश्रमका वालीकाहरु भजनकृर्तनका बाजाहरु समेत आफै बजाएका थिए । सो अवसरमा महायज्ञको संयोजक यमुना आचार्य यज्ञ सफल भएको भन्दै आश्रम सन्चालनमा यज्ञले ठुलो सहयोग पुग्ने बिचार राख्नु भयो । लोक कल्याण सेवा प्रतिष्ठानले सञ्चालन गरेको रामजानकी बालिका आश्रम ग्रागी कन्या गुरुकुल देवघाटमा हाल ३२ जिल्लाका ४८ जना बालिका हरु रहेका छन् । रामजानकी बालिका आश्रम देवघाटमा रहेका बालिकाहरुले यस्ता यज्ञमा विधालयमा विदा भएको समयम संगित,भजन किर्तन तथा झांकी प्रस्तुत गर्ने गरेकाछन् । बालिकाहरुलाई गुरु कुलीय शिक्षा प्रदान गर्दै धार्मिक अनुष्ठानका प्रमुख भूमिकाको नेतृत्व गर्न सक्ने बनाउन आश्रमको उदेश्य रहेको महाअनुष्ठान मुल समारोह समिति २०७४ का एवं आश्रमका महासचिव रामेश्वर खनालले जानकारी दिनु भयो ।
4
सिर्जना अर्याल