७ बैशाख २०८१, शुक्रबार
Follow Us

संविधान संशोधन विधेयकमा मतदानपछि मात्र मन्त्रिमण्डल विस्तार

नेपालब्रिटेन डट कम्
२५ असार २०७४, आईतवार १५:५८

काठमाडौं । संविधान संशोधन विधेयकमा मतदानपछि मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डलको विस्तार गर्ने भएका छन् । संविधान संशोधनभन्दा पहिले मन्त्रिपरिषद् विस्तार गर्दा राप्रपाका सांसदले साथ नदिने बुझेपछि मन्त्रिमण्डल विस्तार एक सातापछि सरेको हो । राप्रपा अध्यक्ष कमल थापाको सल्लाहअनुसार प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल विस्तार एक साता पर सारेको बुझिएको छ ।
संविधान संशोधनका लागि उपप्रधानमन्त्रीसहित चारवटा मन्त्रालय राप्रपालाई दिने र ती मन्त्रालयमा राप्रपाले आफ्नो अनुकूल हुनेगरी मन्त्री, राज्यमन्त्री तथा सहायकमन्त्री राख्न पाउने बाटो नेपाली कांग्रेसले खुला गरिदिएको छ । सरकारमा सामेल भइसकेपछि राप्रपाका सांसदले बेइमानी गरेका कारण यसपटक भने संविधान संशोधन विधेयकमाथि मतदान भएपछि मात्रै सरकारमा सामेल गराउने नीति प्रधानमन्त्री देउवाले लिएका हुन् । राप्रपाले साथ नदिए संविधान संशोधन विधेयक पारित नहुने निश्चित छ ।
– सुनयना राउत