१२ बैशाख २०८१, बुधबार
Follow Us

बेलायत कांग्रेसको अधिवेशन १६ सेप्टेम्बरमा हुने

नेपालब्रिटेन डट कम्
२५ असार २०७४, आईतवार १९:२५

लन्डन । बेलायतस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समिति बेलायतको एकता अधिवेशन १६ सेप्टेम्बर आइतबार हुने भएको छ । यसअघि २२ जुलाईका लागि तोकिएको अधिवेसन तयारी पुरा नभएका कारणले सेप्टेम्वर महिनामा सरेको हो ।
आइतबार अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा सम्पन्न भेलाको छलफल पछि नयाँ मितिमा अधिवेसन गर्ने सहमति भएको हो ।

उक्त बैठकमा निर्वाचन समिति, विधान समिति तथा अधिवेशन तयारी समितिले गरेका कार्यप्रगति र भावी योजनाबारे उपस्थित जनसम्पर्क समितिका पदाधिकारीहरु उपाध्यक्ष युवराज गुरुङ्ग र महासचिव राजकुमार त्रिपाठी, सहमहामन्त्री तर्कजंग गुरुङ्ग, डा। मिन रानाभाट, क्षेत्रीय सभापति सूर्य नेम्वांग, हितकाजी गुरुङ्ग, कार्यसमितिका सदस्यहरु तस्विर लामा, महेश दाहाल, कुश बस्नेत, नरकुमारी लिम्बु, विनय अधिकारी, रोमियन लिम्बु, रितेश पाण्डे, तेज राई लगायतले विभिन्न जिज्ञासा राखेका थिए ।
सो मितिमा अधिवेशन गर्न नसके नेपाली जनसम्पर्क समिति, बेलायतको सम्पूर्ण समितिहरु स्वत भंग हुने निर्णय समेत बैठकले गरेको छ । अधिवेशन तयारी समितिले विगतमा गरेको निर्णय बमोजिम हाल कायम क्रियाशिल सदस्यहरुले मतदान गर्न पाउनेछन् । विधान बमोजिम योग्यता पुगेका साधारण सदस्यहरुले समेत मतदानमा भाग लिन पाउने बताइएको छ । मतदानमा भाग लिन योग्य साधारण सदस्यहरुले समितिले तोकेको शुल्क तिर्र्न मन्जुर भइ शुल्क बुझाएमा साधारण सदस्यहरु पनि क्रियाशिल सदस्यता प्राप्त गर्न योग्य हुनेछन् ।

भेलामा अधिवेशन तयारी समितिका पदाधिकारीहरु लोक गुरुङ्ग, विज्ञान प्रसाईं र विनोद मोक्तान, निर्वाचन समितिका संयोजक डा। सम्पूर्णानन्द ढुंगाना, योगेन क्षेत्री, शेर सुनार तथा विधान समितिका संयोजक शिवजी श्रेष्ठ, युवराज गुरुगं लगायत सदस्यहरु सहभागी थिए। भेलामा निर्वाचन समितिका सदस्य तथा सल्लाहाकार विश्वआर्दश पण्डित स्वाथ्यका कारणले उपस्थित भएनन् ।

भेलाले साधारण सदस्यता शुल्क ५ पाउण्ड तोेकेको छ । साधारण सदस्यता वितरण हाल कायम रहेको क्षेत्रीय सभापतिले जिम्मा लिनेछ । साथै तयारी समितिमा संयोजक एवं सदस्यहरुले समेत सदस्यता वितरणको जिम्मेवारी लिनेछ । समितिको अधिवेशन आतिथ्य तथा व्यवस्थापन समिति चिरन्जिवी ढकालको संयोजकत्वमा नरकुमारी लिम्बु, राजेन्द्र सुवेदी, शान्तविनोद लामिछाने, प्रवेश केसी, तस्विर लामा, विश्व घिमिरे, रितेश पाण्डे, कुश बस्नेत, शिव तिमिल्सिना, बेद पराजुली, रोमियन लिम्बु, सुनिल गुरुङ्ग, तेजबहादुर राई, विनय अधिकारी, वेद लावतीसहितको उप समिति बनाउने निर्णय बैठकले गरेको छ ।