११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएन यूकेको निर्वाचन तयारी तिब्र, सदस्यता शुल्क घटेन, मिति बढ्यो

नेपालब्रिटेन डट कम्
२५ असार २०७४, आईतवार २०:५४

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको बैठक सम्पन्न भएको छ । शनिवार अल्डरशटस्थित एम्पायर हाउसमा सम्पन्न बैठकले ९ सेप्टेम्वर हुने अधिवेसनका लागि सदस्यता लिने मिति १४ अगष्ट सम्मलाई तोकेको छ ।

बैठकले एनआरएन यूकेको साधारण सदस्यता शुल्कलाई २५ पाउण्ड नै कायम गरेको छ । गैरआवासीय नेपाली संघ यूकेको अधिवेसनमा मतदान गर्न र उम्मेदवारका लागि मतदाता नामावली तयार गर्न महासचिव बिजय बिक्रम लिङ्देनको संयोजकत्वमा १३ सदस्यीय समिति बनाउने निर्णय बैठकले गरेको छ ।

समितिमा उपाध्यक्षहरु दासुराम पाण्डे, योग फगामी , हिराधन राई , उपमहासचिव अर्जुन कटुवाल, सचिव फडिन्द्र भट्टराई , कोषाध्यक्ष दिपक श्रेष्ठ, सहकोषाध्यक्ष ललित न्यौपाने , प्रवक्ता खुशी लिम्बू , च्यारिटी विभाग संयोजक सनत गुरुङ, सदस्यहरु मिलन गुरुङ र मीन रानाभाट, सल्लाहकार ह्यारी गुरुङ सदस्य छन् ।

बैठकले उम्मेद्वारी शुल्क बढाउने निर्णय पनि गरेको छ । अध्यक्ष तथा आइसीसी सदस्यको उम्मेदवार शुल्क १ हजार बाट बढाएर ११ सय ५० पाउन्ड बनाइएको छ ।
त्यस्तै उपाध्यक्ष तथा महासचिवको उम्मेद्वारी शुल्क ७ सय ५० बाट बढाएर ८ सय ५० पाउन्ड कायम गरिएको छ । उपमहासचिव र सचिवको लागि ६ सय ५० पाउन्ड तथा कोषाध्यक्ष , सहकोषाध्यक्ष , महिला संयोजक, युवा संयोजक , च्यारिटी विभाग प्रमुख सहितका पदाधिकारीहरुको पदमा ६ सय पाउण्डको उम्मेद्वारी शुल्क निर्धारण गरिएको छ । सदस्यहरुको लागि भने पहिलाकै ३ सय पाउण्ड नै यथावत राखिएको छ ।

बैठकले एनआरएन अन्तराष्ट्यि पत्रकारीता पुरस्कारको लागि प्रकृयालाई अघि बढाउन ७ सदस्यीय समिति गठन गरेको छ । सो समितिमा भगिरथ योगी, नबिन पोख्रेल , चिरन शर्मा, नरेश खपाङी , फडिन्द्र भट्टराई , संगिता मरहट्ठा र नारायण गाउँलेलाई छन् ।
बैठकमा एनआरएन युरोप संयोजक कुल आचार्यले जुलाई अन्तिम साता फ्रंगफोर्डमा आयोजना हुने युरोप क्षेत्रीय सम्मेलन बारे जानकारी गराएका थिए ।
अध्यक्ष मुछेत्र गुरुङ्गको अध्यक्षतामा कार्यसमिति र सल्लाहकारहरु समेतको उपस्थितिमा बैठक सम्पन्नको थियो ।