८ बैशाख २०८१, शनिबार
Follow Us

पुनर्वास नगरपालिकामा एमाले विजयी

नेपालब्रिटेन डट कम्
२६ असार २०७४, सोमबार ०५:४४

भीमदत्तनगर । कञ्चनपुरको पुनर्वास नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार जीवनराज थापा छ हजार ४० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का वीरबहादुर थापा पाँच हजार ५१४ मत र नेपाली काँग्रेसका उम्मेदवार तोयाप्रसाद शर्माले पाँच हजार ५१२ मत प्राप्त गर्नुभएको पुनर्वास नगरपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै उपप्रमुखमा पनि एमालेकै उम्मेदवार शारदा विष्ट छ हजार ३६६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार भुलिया राना पाँच हजार ३९१ मत प्राप्त गर्नुभयो भने माओवादी केन्द्रका सीता विकले पाँच हजार ३५६ मत प्राप्त गर्नुभयो ।