१५ चैत्र २०८०, बिहीबार
Follow Us

चट्याङले विहारमा २६ को ज्यान लियो

नेपालब्रिटेन डट कम्
२६ असार २०७४, सोमबार ०५:५१

पटना । भारतको बिहारमा चट्टयाङमा परेर २६ जनाको मृत्यु भएको छ । लगातारको पानीसँगैको चट्टयाङमा परेर उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
सबैभन्दा बढी रोहतास जिल्लामा पाँच जना चट्टयाङको शिकार भएका छन् । राजधानी पटनामै चार जना परेका छन् । चट्टयाङमा परेर मृत्यु भएकालाई प्रतिव्यक्ति चार लाखका दरले क्षतिपूर्ति दिने घोषणा सरकारले गरेको छ । लगातार पानी परिरहँदा बाढीको त्रास पनि बढेको छ ।