८ बैशाख २०८१, शनिबार
Follow Us

प्रधानमन्त्री देउवाको सहयोगी आरजु र भानु मात्रै

नेपालब्रिटेन डट कम्
२६ असार २०७४, सोमबार ०६:५३

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना सहयोगीका रुपमा अहिलेसम्म कसैलाई पनि नियुक्त गरेका छैनन् । निजी सचिव भतिजा भानु देउवालाई समेत नियुक्त पत्र थमाइएको छैन । सहयोगी नियुक्ति गर्दा सन्तुलन बिग्रने डरले प्रधानमन्त्री देउवाले कसैलाई पनि नियुक्ति दिएका छैनन् । नियुक्ति नगर्ने मात्र होइन, नियुक्ति लिने आकांक्षीलाई प्रधानमन्त्री देउवाले बालुवाटर प्रवेशमा समेत रोक लगाएका छन् ।
शासन सञ्चालनमा प्रधानमन्त्री देउवाले डा. आरजु देउवाबाहेक अरु कसैको कुरा सुन्दैनन् । निवासको बैठक कोठामा बिहान झन्डै दुई घण्टा डा. आरजुले सबै कुरा ब्रिफिङ गरेपछि मात्र प्रधानमन्त्री देउवाले सहयोगी भतिजो भानुलाई बोलाउँछन् । त्यसपछि प्रधानमन्त्री देउवाले डा. आरजुले बनाएको कार्यक्रमलाई फलो गर्न भानुलाई निर्देशन दिन्छन् ।
साझा सवालको कार्यक्रममा पनि पत्नी आरजुकै आग्रहमा प्रधानमन्त्री देउवा गएका थिए । सप्तरीको बाढीपीडितको निरीक्षणमा सहयोगी बिना नै पुगेका प्रधानमन्त्री देउवाले मन्तव्य र ज्ञापनपत्र छुटाउन सकेनन् । प्रधानमन्त्रीको भारत भ्रमणको सिक्वान्स मिलाउने एक सूत्रीय अभियानमा डा. आरजु लागेको बुझिएको छ ।
– सुनयना राउत