१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानमन्त्री पत्नी आरजुलाई नाइट क्लबको चिन्ता

नेपालब्रिटेन डट कम्
२७ असार २०७४, मंगलवार ०६:५६

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमति जो सांसद पनि छिन् । अहिले उनी सबैभन्दा शक्तिशाली महिला बनेकी छिन् । सबै काम छाडी पुच्छरमा हात भनेझैं उनलाई दरबारमार्गको नाइट क्लवको चिन्ताले सताएको छ । नेपाली कांग्रेसकी सांसद तथा प्रधानमन्त्री पत्नी आरजु राणाले दरबारमार्गमा खुलेको नाइट क्लव ‘क्लव डेजाबु बारे प्रश्न उठाएकी छिन् ।
राज्य ब्यवस्था समितिको बैठकमा बोल्दै उनले नाइट क्लवबारे प्रश्न उठाएकी हुन् । गुण्डा नाइके राम गिरीले चलाएको अत्याधुनिक नाइट क्लव डजावु क्लवबारे संसदमा कुरा उठाइन्– भूकम्प आयो भने २५ सय अट्ने क्लवका मान्छे कहाँ जाने ? भूकम्पबाट पीडितले राहत किन पाएनन्, किन च्यातिएको त्रिपालमुनी छन् भन्ने प्रश्न उनले उठाइनन् ।
विपद व्यवस्थापनबारेको छलफलमा विपदमा परिसकेकाका विषयमा चिन्ता गर्न छाडेर भूकम्प आयो भने के गर्ने ? भन्ने सांसद आरजु देउवाको प्रश्नले उनको विद्वता कति साँघुरो रहेछ प्रष्ट पारेको टिप्पणी गरिएको छ ।