१५ चैत्र २०८०, बिहीबार
Follow Us

भूकम्पपीडितको पुनर्निर्माण ठेक्कापट्टामा ८ भाग

नेपालब्रिटेन डट कम्
२७ असार २०७४, मंगलवार ०६:५९

काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणमा कार्यकारी छन्– डा.गोविन्द पोखरेल र सदस्य सचिव सर्वजीतप्रसाद महतो । दुबै आफूलाई कांग्रेसी भन्छन् तर महतोको नाइटो राजपासँग पनि जोडिएको छ । निर्देशक समितिमा प्रधानमन्त्री शेरवहादुर देउवा, एमाले नेता भीम रावल, मुख्य सचिव सोमलाल सुवेदी, तारानिधि भट्टराई, निमानन्द रिजाल, किशोर थापा, मीनबहादुर श्रेष्ठ र सर्वजीत महतो छन् भने निर्देशक समितिका अध्यक्ष प्रधानमन्त्री देउवाकी श्रीमती आरजु देउवा अथवा उनका साला भूषण राणालाई हात लिएर कार्यकारी समितिका डा.गोविन्द पोखरेल र सर्वजीतप्रसाद महतोले हरेक खरिद वा ठेक्कामा मन लागि कमिशन असूल गरेर ८ भाग लगाउने गरेको बताइन्छ ।
यद्यपि कार्यकारी समितिमा ध्रुवप्रसाद शर्मा, डा.हरिराम पराजुली, विष्णुबहादुर भण्डारी, चन्द्रबहादुर श्रेष्ठ, चन्द्रकुमार घिमिरे र सचिव सर्वजीतप्रसाद महतो रहेका छन् । निर्देशक अथवा कार्यकारी समितिमा जो भए पनि सबैलाई चाहिने पैसा हो भन्ने बुझेका सदस्य सचिव महतोले सबैको इच्छापूर्ति गरेर पुनर्निर्माण प्राधिकरणलाई भ्रष्टाचारको पोखरी बनाइरहेका छन् । पछिल्लो घटनाक्रम ट्याब्लेट र पावर बैंक प्रकरणले प्राधिकरण भ्रष्टाचारकरण भइसकेको पुष्टि गरिदिएको छ । प्राधिकरणभन्दा प्रभावकारी कलाकार धुर्मुस सुन्तली फाउण्डेशन देखियो, जसले सरकारसँग एकपैसा नलिई प्रशंसनीय काम गरिरहेका छन् । ३ वटा बस्ती बसालेर अव नमूना नेपाल बनाउन खटिएका छन् ।
प्राधिकरणले भ्रष्टाचार बाहेक एउटा घर पनि निर्माण गरेर पीडितलाई दिन सकेन । यतिमात्र होइन, दाताहरुलाई मनलागी काम छनौट र निर्माण गर्न छुट दिएर नेपाली हितमाथिसमेत खेलबाड गरेको छ । दाताहरुले एउटा छाप्रो बनाउन करोड करोडको बिल बनाएर नेपालभित्र राजनीति गरिरहेको प्राधिकरणले देख्न सकेन ।
अव स्थिति यतिसम्म डरलाग्दो भइसकेको छ कि प्राधिकरणले खर्च गरेका ४ खर्बको हिसावकिताव के हो ? उच्चस्तरीय छानबिन गर्ने हो भने यसले अत्यासलाग्दो भ्रष्टाचारको पोल खोलिने अनुमान गर्न थालिएको छ ।