१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेपाली सेनाका प्रधानसेनापति क्षत्री लण्डन दूतावासमा (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२७ असार २०७४, मंगलवार ०८:१७

लण्डन । वेलायतको साताव्यापी भ्रमणमा आएका प्रधानसेनापति राजेन्द्र क्षत्रीको स्वागतमा नेपाली दूतावास लण्डनले एक स्वागत समारोहको आयोजना ग-यो ।

सोमबार साँझ लन्डनस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा प्रधानसेनापति क्षत्रीले बोल्दै नेपाल र बेलायती सेनाबीचको सम्बन्ध पृथक र उदाहरणीय रहेको बताए ।

उनले नेपाल ब्रिटेन कूटनीतिक सम्बन्ध स्थापनाको दुई सय वर्ष पूरा भएको उपलक्ष्यमा भएको सद्भावना भ्रमणले दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउन मद्दत पुग्ने आशा व्यक्त गरे । ‘नेपाल र ब्रिटेनको सम्बन्ध युद्धबाट सुरु भयो’, क्षत्रीले भने, ‘सन १८१६ को सुगौली सन्धिपछि दुवै देशबीचको सम्बन्धले समयको परीक्षा उत्तीर्ण गरेको छ ।’ दुवै देशका नागरिक एउटै सेनामा एकीकृत भएर पनि लामो समयसम्म सेवा गरेको यो विश्वकै विरलै उदाहरण भएको बताए ।

कार्यक्रममा वेलायतका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदीले प्रधानसेनापति क्षत्रीको स्वागत गरेका थिए । सुवेदीले नेपाली सेना विश्वमै प्रख्यात र साहसिक भएको चर्चा गरे ।

कार्यक्रममा बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधी तथा बेलायतस्थित बिभिन्न देशका कुटनितिज्ञ लगायत वेलायती सेनाको उपप्रमुख, गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष मुछेत्र गुरुङ, एनआरएन यूरोप संयोजक कुल आचार्य, तमुधिं यूकेका अध्यक्ष ज्ञाम गुरुङ, गोर्खा आन्दोलनका अगुवाद्धय कृष्ण बहादुर राई, ज्ञानराज राई, एनआरएन नेता त्रिलोक गुरुङ लगायतको विषेश उपस्थिती थियो ।

शुक्रबार स्वदेश फर्कनुअघि प्रधानसेनापति क्षत्रीले बेलायती सेनाको मुख्यालय एवं विभिन्न सैनिक एकाईको समेत भ्रमण गर्ने कार्यक्रम रहेको बताएको छ ।

संयुक्त राष्ट्रसंघीय मुख्यालय, न्यूयोर्कमा विश्व शान्ति कार्यमा शान्ति सैनिक पठाउने देशको दोस्रो प्रमुख रक्षा सम्मेलन सकेर क्षत्री बेलायत आएका हुन् ।

19989704_2002705659755044_575855676248048174_n

19875144_2002705986421678_2194041249025698398_n

19875181_2002705609755049_349212319783965091_n

19884293_2002705733088370_5148576412581039415_n

19894945_2002705809755029_2623585290403496479_n

19895015_2002705823088361_894664229093956838_n

19961515_2002705779755032_242956302619324531_n