११ बैशाख २०८१, मंगलवार
Follow Us

शुक्रवार गोल्डेन सिपमा सुजाता र रेवतले प्रस्तुति दिने

नेपालब्रिटेन डट कम्
२७ असार २०७४, मंगलवार ०९:१३

लन्डन । आगामी शुक्रबार साँझ चर्चित गायक रेवत राई र वेलायतमा चर्चित गायिका सुजाता काफ्लेले आआफ्नो प्रस्तुति दिने भएका छन् । गोल्डेन सिप रेष्टुरेन्टका प्रमुख देव गुरुङका अनुसार लन्डन साउथ हयारोस्थित गोल्डेन सिप रेस्टुरेन्टको कार्यक्रमहलमा सांगीतिक कार्यक्रमको आयोजना हुन लागेको हो ।

रेबतले नन स्टप गीत गाएर दर्शक संगै फ्लोरमै उत्रिने र भरपुर मनोरंजन गराउने गुरुङले बताए। साथमा गायिका सुजाता काफ्ले समेतले आफ्नो प्रस्तुति दिने भएकी छन् ।

रमाइलो समर साँझ ७ बजे देखि मध्य रात सम्म हुने सांगीतिक कार्यक्रममा साथीभाई इस्ट मित्र गरि ५० भन्दा बढी संख्या को टेबुल बुक भै सकेको गोल्डेन सिपका गुरुङ बताए ।